पथरी शनिश्चरे क्षेत्रमा सेवारत लायन्सहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे समाचारदाता, २९ कार्तिक । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ सि अन्तर्गत पथरी शनिश्चरे क्षेत्रमा सेवारत लायन्सहरुको संयुक्त पदस्थापन समारोह आज हरियाली सामुदायिक भवनमा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ सि का गभर्नर लायन बबरजंग थापाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा लायन वर्ष २०२४–२०२५ का क्लवका प्रेसीडेन्टहरुले २०२५–२०२६ का प्रेसीडेन्टहरुलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्रमशः लायन्स क्लव अफ पथरी, पथरी शनिश्चरे र पथरी क्रियटिभ लेडीज प्रेसीडेन्ट लायन मुरारी आचार्य, अनिता राई र चमेली बेघाले वर्ष २०२५–२०२६ का लागि क्रमशः हेमसागर चापागाँई, सावित्रा राजभण्डारी र विन्दु राईलाई पद हस्तान्तरण गरेका थिए । सोही अवसरमा लायन्स क्लव अफ पथरीले लायन राजेन्द्र कार्कीको नेतृत्वमा लायन्स क्लव अप पथरी हेल्थ प्रोफेशनलको स्थापना गरेको छ, उक्त क्लवको स्थापना, तथा प्रमाण–पत्र हस्तान्तरण प्रमुख अथिति गभर्नर थापाले गर्नुभयो। कार्यक्रममा वरिष्ठ लोकगायक महेश बुढाथोकीलाई सम्मान गरिएको थियो, गायक बुढाथोकीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सम्मान पछि आफ्ना कुरा राख्दै राजनीतिकभन्दा स्वार्थभन्दा पर गएर समाजसेवामना हुटछुटीका साथ केही गर्छु भनेर म आफूलाई गर्व गर्छु कि ,त्यसैले समाजसेवाका लागि लायन्सहरुले गरेका समाजिक सेवाका कार्यको खुलेर प्रसशा व्यक्त गर्न भएको थियो।

गाँउदै .गायक बुढाथोकीले आफ्ना सांगीतिक प्रस्तुतिहरु दिएका थिए, उनले आफ्नो चर्चित गीत काफल गेडी, पथरी बजार जस्ता गीतहरु प्रस्तुत गरेका थिए । पथरी शनिश्चरे क्षेत्रमा पहिलो लायन्स क्लव लायन्स क्लव अफ पथरीको स्थापना गरि मानवीय सेवामा लाग्न प्रेरित गरेकोमा लायन्स क्लव अफ पथरीका संस्थापक प्रेसीडेन्ट लायन रामकुमार बस्नेतलाई क्लवका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुले सम्मान गरेका थिए। संस्थापक प्रेसीडेन्ट बस्नेतको नेतृत्वमा स्थापना भएको लायन्स क्लव अफ पथरीले यस क्षेत्रमा अन्य ४ वटा क्लवहरुको स्थापना गरेको छ ।

कार्यक्रममा एरिया चिफ रोहित शाह, चिफ एडभाइजर उदय नारायण बराल, क्याविनेट ट्रेजर नागेश पोख्रेल, सेक्रेटरी नेत्रप्रसाद चम्लागाँई, पिडिजी धिरज गुरुङ, भाइस गभर्नरहरु रमेश खत्री र लिलाप्रसाद चिमरिया, जिइटी कोर्डिनेटर राजन खत्रीले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । आफ्नो पदभार ग्रहण गर्दै क्लवका प्रेसीडेन्टहरुले थप सामाजिक क्षेत्र लाग्न प्रेरित भएको कुरा व्यक्त गर्नु भएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लायन्स क्लव अफ पथरी प्रेसीडेन्ट हेमासागर चापागाँईले यो अवसरलाई सेवामा समर्पित गर्दै लाने र सबैको साथ सहयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो भन्नू हुँदै हामीले यो वर्ष ’हेल्थी पथरी ह्यपी पथरी छ भन्ने नारा लिएका छौ। हाम्रो क्लबले गाउँ –गाउँमा निःशुल्क शिविर रक्त दान, आँखा परीक्षण गाउँ – गाउँमा सचेतनाको काम गरिरहेका छौ।

लायन्सको पदस्थापनामा बिराटनगर, इटहरी, धरान, विराटचोक, उर्लाबारी, दमक, सुरुङा क्षेत्रका लायन्सहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रममा लायन्स क्लव अफ पथरीका संस्थापक प्रेसीडेन्ट रामकुमार बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो।

सो कार्यक्रम लायन रोशन बुढाथोकीले संचालन गर्नु भएको थियोे ।

( उज्यालो खबरका लागि मोरङ्गको पथरी शनिश्चरेबाट भूमिप्रसाद पाठकको रिपोर्ट )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी