थप अनुसन्धान भइरहेको छ

प्रहरी हौं भन्दै लुटपाट गर्ने ८ जना पक्राउ

 

 

 

काठमाडौं । हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी-३ धादिङका शंकर रेग्मी, महाकाली-२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा-४ कञ्चनपुरका सुवाष रतोकी छन् ।

त्यस्‍तै शुक्लाफाँटा-२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक-८ पाँचथरका भविन्द्र बेगा, नौमुले-५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी-६ प्युठानका कमल सुनार पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गत फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका-१६ स्थित राजेन्द्र साँकीको फार्मेसीमा लुटपाट गरेका थिए ।

उनीहरूले अबैध औषधि बिक्री गरेको भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु