झापाको सीमा क्षेत्रमा विशेष निगरानी,

नेपालमा रोहिङ्ग्या प्रवेश गर्लान कि भनेर सिमानामा सर्तकता

मुख्य नाका मानिने पुरानो मेची पुलमा भारततर्फबाट नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकको अनिवार्य परिचयपत्र जाँच गरिँदै

 

दमक, २१ मंसीर । बंगलादेशमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएको र त्यसको असर भारत हुँदै नेपालसम्म पर्न सक्ने आशंकाबीच पूर्वी नेपालको झापा जिल्लामा सीमा सुरक्षालाई कडाइ गरिएको छ। रोहिङ्ग्या मुसलमानहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले थप सुरक्षा व्यवस्था मिलाएको हो।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुंगीबाट एक सेक्सन सुरक्षाकर्मी टोली झापाको सीमा क्षेत्रमा विशेष निगरानीका लागि परिचालन गरिएको छ। झापामा मेचीनगरदेखि गौरीगञ्जसम्मको झण्डै एक सय ४४ किलोमिटर लामो खुला सीमा क्षेत्र रहेको छ, जुन सुरक्षाको दृष्टिले सधैं संवेदनशील मानिन्छ।

 

सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको आठ जनाको टोली पुरानो मेची पुल, भान्सा खोला, तुर्केनी, नकलबन्दालगायतका खुला र जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। यी क्षेत्र हुँदै भारतबाट पैदल नेपाल प्रवेश गर्ने सम्भावना बढी रहने भएकाले विशेष निगरानी गरिँदै आएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

सुरक्षामा तैनाथ एक प्रहरी अधिकृतका अनुसार, “मुख्य सडक नाकाबाट नभई जङ्गल, खोल्साखोल्सी र बायाँ–दायाँका बाटो प्रयोग गरेर नेपाल छिर्ने मानिसप्रति हाम्रो विशेष निगरानी हुन्छ। परिचयपत्र जाँच गर्ने, शंकास्पद व्यक्तिलाई तत्काल नियन्त्रणमा लिने काम भइरहेको छ।”

मेची पुलमा कडा चेकजाँच

मुख्य नाका मानिने पुरानो मेची पुलमा भारततर्फबाट नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकको अनिवार्य परिचयपत्र जाँच गरिँदै आएको छ। शंकास्पद गतिविधि देखिए तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाइएको जिल्ला प्रशाषन कार्यालय झापाले जनाएको छ ।

 

पछिल्लो केही महिनादेखि बंगलादेशमा बढ्दो हिंसा, जातीय तनाव र राजनीतिक अस्थिरताको प्रभाव भारतसम्म देखिन थालेको छ। यही अवस्थाले गर्दा भारत हुँदै नेपालमा अवैध प्रवेश हुन सक्ने सुरक्षा निकायको आकलन छ। त्यसकै आधारमा सीमा क्षेत्रमा सतर्कता अझ कडा बनाइएको हो।

नेपाल–भारतको खुला सिमा दीर्घकालदेखि आवागमनको सहज माध्यम बने पनि अब भने यही खुलापन राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा उभिन थालेको छ। मानव तस्करी, अवैध प्रवेश, आपराधिक गिरोहको ओहोरदोहोरजस्ता गतिविधि बढ्ने खतरा पनि उत्तिकै बढेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यायिक आयोग गठन गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं,१४ साउन । उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न माग गरेको छ । पार्टीले

मधेश तनावः शीर्ष नेताहरू छलफलमा

मधेश,१४ साउन । मधेश मा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलतालाई ध्यानमा राख्दै मधेश केन्द्रित दलका शीर्ष नेताहरू आपत्कालीन छलफलमा जुटेका छन्।

सुनसरी–सिरहा घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कठमाडौं,१४ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।