बेतिनी सामुदायिक वन उपभोक्ता समूह

सामाजिक रुपान्तरणमा योगदान गरिरहेको मोरङको सामुदायिक वन

उर्लाबारी, ६ पुष ।  उर्लाबारी–२ को हरियो काखमा रहेको बेतिनी सामुदायिक वन। जहाँ वन मात्र होइन, समुदायको चेतना कस्तो छ ? समुदायसगकोसहकार्यले  कस्ता  सम्भावना देखाइएको रहेछ भन्ने पनि सन्देश दिइरहेको छ ।

शनिबार यही बेतिनी सामुदायिक वन उपभोक्ता समूहको २३औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा वन उपभोक्तादेखि स्थानीय जनप्रतिनिधि, वन विज्ञ, सञ्चारकर्मी र सरोकारवालाको उल्लेखनीय सहभागिता थियो।साधारणसभाको अध्यक्षता समूहका अध्यक्ष भिम राईले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल सहभागी हुनुभयो।सभालाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले बेतिनी सामुदायिक वनलाई नगरपालिका र सामुदायिक वनको सहकार्यमा अझ व्यवस्थित र नमूनायोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक वन र नगरपालिकाबीच भएको सम्झौताअनुसार काम गर्दै दिगो व्यवस्थापनतर्फ अघि बढ्ने बताउनुभयो।

 

सभाका अध्यक्ष भिम राईले समूहको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै वन संरक्षण, व्यवस्थापन र पर्यापर्यटन प्रवद्र्धनमा समूह निरन्तर सक्रिय रहँदै आएको जानकारी दिनुभयो। उहाँले बेतिनी सामुदायिक वनले स्थानीय समुदायबीच सहजीकरणको भूमिका खेलेको उल्लेख गर्दै मुख्य लगानीमा नगरपालिकाको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा पनि राख्नुभयो।

 

कार्यक्रम सम्मानले पनि विशेष बनेको थियो । ज्येष्ठ नागरिक तथा ज्येष्ठ सदस्य धनबहादुर लिम्बू र ठुलबहादुर धिमाल सम्मानित हुनुभयो। वन कर्मचारीतर्फबाट उत्कृष्ट सेवा प्रदान गरेको भन्दै शोभा थापा र नेत्रकुमारी घिमिरेलाई नगदसहित सम्मान गरियो। त्यसैगरी, बेतिनी सामुदायिक वन र बेतिनी सिमसारको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै उर्लाबारी न्युज डटकमका सञ्चालक घनश्याम भण्डारीलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ। वन संरक्षणमा योगदान पुर्‍याएका उपभोक्ता ताराप्रसाद गिरी, मोहन थापा र बलानन्द लिम्बू, विभिन्न टोली संयोजक तथा ज्येष्ठ नागरिकलाई पनि कार्यक्रममा सम्मान गरियो।कार्यक्रममा मन्तव्य राख्दै मनोहर सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–१ का सचिव भिमबहादुर श्रेष्ठले सामुदायिक वनले स्थानीय विकास र समृद्धिमा खेलेको भूमिकाको चर्चा गर्नुभयो।

सामुदायिक वन जिल्ला उपभोक्ता महासंघ मोरङका कार्यबाहक अध्यक्ष मदन पोख्रेलले बेतिनी सामुदायिक वन मोरङ जिल्लामै नमूनाका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यहाँ पर्यापर्यटनका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभएको थियो ।  त्यसैगरी सव–डिभिजन वन कार्यालय मंगलबारेका सहायक वन अधिकृत रामकृष्ण साह, प्रदेश महासंघ सचिवालय सदस्य एन कुमारी निरौला र केन्द्रीय उपमहासचिव सीता श्रेष्ठले सामुदायिक वनमा सुशासन, पारदर्शिता र बेथिति नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साधारणसभा समग्रमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भए पनि समूहका पूर्व अध्यक्ष कृष्ण दाहालले आगामी दिनमा केही सुधारका काममा बेतिनी सामुदायिक वन उपभोक्ता समूह अझ सक्रिय हुनुपर्ने सुझाव दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,