तनावग्रस्त

सुनसरीमा सशस्त्रको गोलीबाट सिटी सफारी चालकको मृत्यु

साहले चलाएको सिटी सफारी र उनको शवलाई सडकमै राखेर दोषीलाई कारबाहीको माग गर्दै स्थानयद्धारा नाराबाजी

सुनसरी,१७ पुस । मध्यरातको करिब सवा १ बजे सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह आफ्नो सिटी सफारीमा भारतबाट ६–७ बोरा चिनी, सरफ र चकलेट लिएर घरतर्फ आउँदै थिए । घर नजिकै आइपुग्दा अचानक गोली चल्यो । सफारी चलाइरहेकै अवस्थामा साहको छातीमा सशस्त्र प्रहरीले चलाएको गोली लाग्यो र उनको घटनास्थलमै मृत्यु भएको थियो।

अहिले यो घटनाले सुनसरीको लौकही क्षेत्र रणमैदान बनेको हो । घटनालाई लिएर सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको दाबी पूर्ण रूपमा रहेको छ ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपाने यो घटनालाई ‘दोहोरो भिडन्त’को रूप दिनु हुन्छ। उहाँका अनुसार सामान तस्करी गरेर ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा उल्टै सुरक्षाकर्मी माथि फायर भएको थियो। ‘हामीले रोक्न खोज्दा रोकिएनन्, अगाडि भागेको गाडीबाट फायर भएपछि सशस्त्रले जवाफी फायरिङ गरेको हो,’ डीआईजी न्यौपानेले भन्नु भयो।
स्थानीय बासिन्दा भने सशस्त्रको दाबीलाई स्विकार्न तयार भएका छैनन् । उनीहरूका अनुसार यो दोहोरो भिडन्त नभएर सिधा हत्या हो । ‘प्रहरीले पैसा मागेको थियो, मागेजति पैसा दिन नसक्ने भएपछि गोली प्रहार गरियो,’ आक्रोशित एक स्थानीयले भने, ‘दुई गोली हानिएको छ, त्यहाँ कुनै झडप भएको थिएन ।’ घटनास्थलको प्रकृति र साहको सफारीमा भेटिएका सामान्य घरायसी सामग्री (चिनी, चकलेट) ले पनि प्रहरीको ‘ठुलो तस्कर समूह’ सँगको भिडन्तको दाबीमा प्रश्न उठाएको छ’।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले घटनास्थलबाट दुई राउण्ड गोलीका खोका फेला परेको पुष्टि गर्नु भएको छ। मृतकको शरीरमा पनि दुई वटा गोलीका दाग देखिएको छ । तर, दोहोरो भिडन्त भएको थियो वा थिएन भन्ने विषयमा नेपाल प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन। ‘भिडन्त भएको भन्ने कुरा छ, तर हामी अनुसन्धानकै क्रममा छौँ,’ डिएसपी खड्काले बताँउनु भयो।

घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड ठप्प पारि रहेका छन् । साहले चलाएको सिटी सफारी र उनको शवलाई सडकमै राखेर दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी भइरहेको छ । प्रदर्शनका कारण सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन् भने लौकही क्षेत्र यति बेला तनावग्रस्त बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना

बागलुङमा रास्वपा नेताको घरबाट ९ जुवाडे पक्राउ, १ लाख ६४ हजार बरामद

बागलुङ,१८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।बागलुङ बजारमा जुवातास खेल

उर्लाबारीको मोबाइल पसलबाट जुवा खेलि रहेका १० जना पक्राउ

उर्लाबारी,१८ कार्तीक । मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार