अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ ।चिता पखाल्न कैलाश घाटसम्म पानी पुर्‍याउने अभियानको श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले शुभारम्भ गर्नु भएको छ। जलेश्वर धामबाट कैलाश घाट २.५ किलोमिटर टाढा रहेको छ अर्जुनधारा ७ स्थित कैलाश घाटमा अर्जुनधारा कैलाशघाट जल ब्यबस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष हर्क साम्पाङको हातबाट पाइप जोडेर पसनी पुर्‍याई उद्घाटन गरिएको थियो ।

 

अर्जुनधारा कैलाशघाट जल ब्यबस्थापन समितिका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केशव भण्डारी, पार्टीका केन्द्रीय सदस्य तथा किरात याक्थुङ चुम्लुङ बिर्तामोडका अध्यक्ष हिमालप्रकाश कन्दङ्वा, किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला सचिव भिममाया कन्दङ्वा, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, जिल्लाका बिभिन्न स्थानबाट आएका पार्टीका नेता तथा कार्यकर्ता लगायत गरी करिब २०० जनाको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष साम्पाङले अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउने कार्य सानो तर निकै महत्वपूर्ण भएको बताए । उनले श्रम संस्कृति पार्टी र सहयोग गर्न चाहनुहुने जोसुकैलाई सहयोग गर्न आव्हान गर्दै छिट्टै निर्माण सम्पन्न भएर आफू उद्घाटन गर्न आउने बताँउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले पहिले सरकारी जग्गा नभएको र ऐलानी जग्गामा सरकारी पैसा खर्च गर्न नमिल्नुको कारण बजेट फिर्ता गएको बताँउनु भयो। उहाँले जनप्रतिनिधिहरुले चाहदा चाहदै पनि गर्न नसकेको काम श्रम संस्कृति पार्टीले गर्न लागेकोमा एकदमै खुसी लागेको प्रतिक्रिया बताँउनु भयो। यस स्थानलाई घाटको रुपमा मात्र नभई पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न आग्रह गर्दै उहाँले यस कार्यमा नगरपालिकाको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाँउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार

मौलिक कला–संस्कृतिको संरक्षण र संग्रहालय स्तरोन्नतिको लक्ष्य सहित दमकमा १५ दिने जनजाति महोत्सव सुरु हुँदै

दमक,१७ कार्तीक । झापाको दमकमा मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०८३’ भव्य रूपमा आयोजना

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन