अंशु गौतमको हत्या आरोपी अधिकारी कारागार चलान

मोरङ,१८ पुस । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या प्रकरणमा मुख्य आरोपी पदम बहादुर अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने प्रहरीलाई आदेश दिएको छ। बिहीबार मोरङ जिल्ला अदालतले मुख्य अभियुक्त अधिकारीलाई मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

न्यायाधीश टंकबहादुर महतको इजलासले थुनछेक बहसपछि अभियुक्तलाई थुनामा राखेरै मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।
गत असोज २१ गते अचानक बेपत्ता भएकी १३ वर्षीया अंशुको खोजीमा सिङ्गो लेटाङ एक साथ जुटेको थियो । तर, कात्तिक ७ गते स्थानीय जङ्गलमा फेला परेको उनको शवले सबैलाई स्तब्ध बनाएको थियो । टाउको र शरीर अलग पारिएको विभत्स अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दा आक्रोशित र त्रसित बनेका थिए ।

घटनाको प्रकृति हेरेर प्रहरीले यसलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान अघि बढाएको हो । ‘जस्टिस फर अंशु गौतम’ नाम दिइएको विशेष अपरेसनमार्फत प्रहरीले मंसिर १८ गते पदम बहादुरलाई पक्राउ गर्न सफल भएको थियो । अंशुका बुबा नवीन गौतमले दिएको किटानी जाहेरी र संकलित प्रमाणहरूको आधारमा अदालतले पदमबहादुरलाई थुनामा पठाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका