आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि महाधिवेशन नगर्ने कांग्रेस संस्थापनको निष्कर्ष

काठमाडौं,१८ पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन रोकेको आरोप लगाएको छ । अब आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि महाधिवेशन नै नगर्ने निष्कर्ष निकालिएको हो ।

शुक्रबार (पुस १८) दिउँसो ३ बजे सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यही निर्णय गर्ने संस्थापनको रणनीति रहेको छ । नियमित महाधिवेशनको कार्यतालिका प्रभावित हुनुमा महामन्त्री नै जिम्मेवार रहेको संस्थापनको ठहर रहेको छ ।

समयमै सदस्यता नवीकरण र नयाँ वितरण गर्न आफू असफल भएको दोष महामन्त्री थापाले संस्थापनलाई लगाउँदै हिँडेको एक नेताले बताउनु भयो । “तपाईंहरू सबैले हाम्रो महाधिवेशन कार्यतालिका हेर्नुभएको छ । त्यसमा मंसिर २४ भित्र क्रियाशील सदस्यता फाराम निर्वाचन क्षेत्रमा पुगिसक्नुपर्ने थियो,” संस्थापन पक्षका एक नेताले भन्नु भयो, “उहाँले सदस्यता फाराम पुस ५ मा पठाउँदै हुनुहुन्थ्यो ।”

‘सदस्यता वितरण प्रभावकारी रूपमा गर्नू’ भन्दै महामन्त्रीले मंसिर ८ गते परिपत्र जारी गरेका ती नेताले बताँउनु भयो । “त्यस दिन कार्यतालिकामा के गर्ने भन्ने थियो ?,” ती नेताले प्रश्न गर्नु भयो।

यही पुस ९ गते बसेको कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री थापाले क्रियाशील नटुंग्याइएका क्षेत्रमा केन्द्रबाटै प्रतिनिधि पठाएर सदस्यता विवाद टुंग्याउने र २१ गते वडा अधिवेशनको प्रस्ताव गर्नु भएको थियो।

वडा अधिवेशनपछि पुस २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने उहाँले प्रस्ताव गर्नु भएको थियो । त्यसपछि पुस २६–२८ मा पूर्वनिर्धारित मितिमै महाधिवेशनको प्रस्ताव उहाँले गर्नु भएको थियो ।

उक्त प्रस्तावमा सहमति वा विमति नहुँदै निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची पेस गर्ने गृहकार्यमा कांग्रेस नेतृत्व जुटेको थियो । थापाले राखेको प्रस्तावमा कुनै निर्णय भएको थिएन ।

पुस १६ मा वडा तह र १७ गते पालिकास्तरीय अधिवेशनको मिति तोकिएको थियो । यी दुवै अधिवेशन नभएपछि महामन्त्रीद्वयले बिहीबार (पुस १७) संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन गरेको छ । उनीहरूले विशेष महाधिवेशनका निम्ति यही पुस २७ र २८ गतेको मिति समेत तोकेका छन् ।

त्यसअघि, गएको बुधबार (पुस १६) नै ‘नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समिति २०८२’ का नाममा काठमाडौंको भृकुटीमण्डपस्थित ‘हल बुक’ गरिएको छ । पार्टीको धादिङ जिल्लाका पूर्वसभापति रमेश धमला र अर्घाखाँचीका नेता लेखनाथ पोखरेलले हल बुक गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा