भद्रपुर विमान दुर्घटना, ७ घाइते मध्ये ६ जना डिस्चार्ज

भद्रपुर, १९ पुष । झापाको भद्रपुरमा भएको घटनामा यात्रु र चालक दलका सदस्यसहित ७ जना घाइते भएका मध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये भद्रपुर नगरपालिका–१० बस्ने ४० वर्षीय सबिन जोगीको छाती, कम्मर र ढाड दुखिरहेको भए पनि बाहिरी चोट देखिएको छैन। बिर्तामोड नगरपालिका–७ की २० वर्षीया प्रेसिषा अधिकारीको बायाँ खुट्टा सुन्निएको छ भने बाहिरी चोट देखिएको छैन।

यस्तै, बिर्तामोड नगरपालिका–१ की ४२ वर्षीया सुमित्रा जोगीको बायाँ खुट्टा दुखिरहेको छ। दमक नगरपालिका–१ का २८ वर्षीय कमलप्रसाद कटुवालको दाहिने खुट्टामा सामान्य चोट लागेको थियो, उहाँ उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ।

काठमाडौँ महानगरपालिका–१६ की ४० वर्षीया मुना घतानीलाई टाउको दुख्ने र चक्कर लाग्ने समस्या देखिएको छ भने उहाँकी १६ वर्षीया छोरी प्रिया घतानीको दाहिने घुँडामा चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको जनाइएको छ। उहाँहरु सबैजनाको उपचार पछि डिस्चार्ज भइसकेको झापा प्रहरीले जनाएको छ ।

यसैगरी, सह–पाइलट ललितपुर महानगरपालिका–४ का २४ वर्षीय सुशान्त श्रेष्ठको अनुहार र टाउकोमा चोट लागेको छ । उहाँको भने निरन्तर उपचार भइरहेको अस्पताल श्रोतले उल्लेख गरेको छ ।

घाइतेहरुको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भएको थियो । राति करिब ९ बजेर १० मिनेटको समयमा काठमाडौँबाट भद्रपुर चन्द्रगढीका लागि उडेको बुद्ध एयरको एटिआर–७२ जहाज अवतरणका क्रममा रन–वे पार गर्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि भासिएर क्षतिग्रस्त भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा