बिर्तामोड, १९ पुस । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प
काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।








