सुरक्षा व्यवस्था कडा

वीरगञ्जमा हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिए

प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ।

वीरगञ्ज,२१ पुस । धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर सुरु भएको विवादका कारण वीरगञ्ज महानगरपालिका क्षेत्र सोमबार बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु र मुस्लिम समुदायका प्रदर्शनकारीहरू एकअर्काविरुद्ध सडकमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताइएको छ।

आइतबार मुस्लिम समुदायले धनुषाको घटनालाई लिएर प्रदर्शन गरेको थियो। त्यसको विरोधमा र हिन्दु देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि विभिन्न हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका छन् । हिन्दु धर्मको अपमान गर्नेहरूलाई कारबाहीको माग गर्दै उनीहरूले नाराबाजी गरिरहेका छन्।

पर्सा प्रहरीका अनुसार अहिले दुवै समुदाय आमनेसामने भएर प्रदर्शन गरिरहेका छन्। सम्भावित झडप र हिंसालाई रोक्न प्रहरीले वीरगञ्जको मुख्य क्षेत्र मकालु चोकमा सर्वसाधारण र प्रदर्शनकारीको प्रवेशमा रोक लगाइ रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले मकालु चोकबाट मुस्लिम बस्ती छपकैयातर्फ जान र छपकैयाबाट मुख्य बजारतर्फ आउन बन्देज लगाइएको छ।

स्थिति उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति कायम गर्न सक्रियता देखाएको छ। प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ। विवादलाई संवादमार्फत टुङ्ग्याउन र सामाजिक सद्भाव कायम राख्न प्रशासनले स्थानीय नागरिक समाज र अगुवाहरूलाई पनि अपिल गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा