अवैधरूपमा कोरियामा बसिरहेका नेपालीलाई स्वेच्छिक प्रस्थान प्रणाली लागू

काठमाडौं,२१ पुस । दक्षिण कोरियामा अवैधरूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई लक्षित गर्दै कोरियाली न्याय मन्त्रालयले विशेष स्वेच्छिक प्रस्थान प्रणाली लागू गरेको जनाएको छ। उक्त व्यवस्था अनुसार २८ फेब्रुअरी २०२६ सम्म स्वेच्छिक रूपमा कोरिया छाड्ने अवैध विदेशीलाई जरिवाना तथा पुनःप्रवेश प्रतिबन्धमा छुट दिइने भएको हो।

कोरियाली सरकारले स्वेच्छिक स्थान प्रणाली लागू गरेपछि सोमबार सिओलस्थित नेपाली राजदूतावास सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ। दूतावासका अनुसार यो सुविधा अवैधरूपमा दक्षिण कोरिया प्रवेश गरेका,नक्कली राहदानी प्रयोग गर्ने,आपराधिक गतिविधिमा संलग्न,डिपोर्टेशन आदेश पालना नगर्ने तथा सन् २०२५ डिसेम्बर १ पछि अवैध बनेका व्यक्तिहरूलाई भने लागू नहुने भएको छ।

 

स्वेच्छिक रूपमा नेपाल फर्किन चाहने व्यक्तिले आफ्नो राहदानी र हवाई टिकट स्वयं व्यवस्थापन गर्नुपर्ने भएको छ। साथै,बसोबास गरिरहेको स्थान नजिकको अध्यागमन कार्यालयमा फिर्ती मितिभन्दा कम्तीमा ३ कार्यदिनअघि (सार्वजनिक बिदाबाहेक) वा सार्वजनिक बिदासहित कम्तीमा १५ दिनअघि स्वेच्छिक प्रस्थान प्रतिवेदन फारम बुझाउनुपर्ने भएको छ। अनलाइनमार्फत फारम बुझाएको अवस्थामा प्रस्थान समयभन्दा कम्तीमा ४ घण्टाअघि विमानस्थलस्थित अध्यागमन कार्यालयमा अन्तिम पुष्टि गर्नुपर्ने बताइएको छ।

नेपाली राजदूतावासले अवैधरूपमा दक्षिण कोरियामा बसोबास गरिरहेका सबै नेपाली नागरिकलाई यो अवसरको सदुपयोग गरी स्वेच्छिक रूपमा नेपाल फर्कन आग्रह समेत गरेको छ। यस सम्बन्धमा थप जानकारीका लागि कोरियाली अध्यागमन सूचना केन्द्रको १३४५ नम्बर मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।