थप सुरक्षा बल परिचालन

निषेधाज्ञा जारी गरेलगत्तै वीरगञ्जमा प्रहरी र हिन्दुवादी सङ्गठनबिच झडप

पर्सा,२१ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेलगत्तै वीरगञ्जमा प्रहरी र हिन्दुवादी सङ्गठनबिच झडप भएको छ। प्रशासनले सोमबार दिउँसो १ बजेदेखि महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरे तापनि प्रदर्शनकारीले त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि स्थिति तनावपूर्ण बनेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्ने प्रयास गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भिडन्त सुरु भएको छ। प्रदर्शनमा उत्रिएका हिन्दुवादी सङ्गठनका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि वीरगञ्जको अवस्था थप उग्र बनेको हो। अहिले वीरगञ्ज महानगरपालिकाको मकालु चोक क्षेत्र सबैभन्दा बढी संवेदनशील र तनावग्रस्त बनेको प्रहरीले बताएको छ।

प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा भेला र जुलुस गर्न रोक लगाएको भए पनि प्रदर्शनकारीले त्यसलाई तोडेका हुन्। वीरगञ्जमा बढ्दो तनावलाई नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षा बल परिचालन गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा