सरकारी सेवा लिन हुलाक टिकट टाँस्नु पर्ने नियम हटयो

काठमाडौँ,२२ पुस । सरकारी सेवा लिनको लागि आम नागरिकले निवेदन वा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था हटेको छ ।
अर्थ मन्त्रालयले दशकौँ पुरानो झन्झटिलो व्यवस्थालाई हटाउन लागेको छ। मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यासलाई हटाउने निर्णय भएको बताएको छ ।

मन्त्रालयका अनुसार गत मंसिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक अन्य सबै सेवा प्रवाहका प्रक्रियामा हुलाक टिकट टाँस्ने प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको हो। सोही निर्णयलाई कार्यान्वयन गर्न मन्त्रालयले आफ्ना मातहतका सबै निकाय, विभाग र कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

सूचनामा भनिएको छ, ‘प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसअघि नागरिकहरूले सरकारी कार्यालयमा निवेदन दिँदा वा विभिन्न सिफारिस लिँदा न्यूनतम ५ वा १० रुपैयाँको हुलाक टिकट अनिवार्य टाँस्नुपर्ने व्यवस्था रहेको थियो । कतिपय अवस्थामा कार्यालय आसपास टिकट नपाइँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो । सरकारको यो निर्णयसँगै अब सार्वजनिक सेवा प्रवाह थप सरल र सहज हुने अपेक्षा गरिएको छ ।
तर, कुनै विशेष ऐन वा कानुनले नै टिकट टाँस्नुपर्ने स्पष्ट व्यवस्था गरेको ठाउँमा भने यो नियम लागु नहुने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा भन्सार छलीका र प्लास्टिकका फूल बिक्रीमा कडाइः  स्थानीय उत्पादनलाई प्राथमिकता

दमक,१८ कार्तीक ।दमक नगरपालिकाले तिहार लक्षित बजारलाई व्यवस्थित बनाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्सार छली गरी भित्र्याइएका र प्लास्टिकजन्य कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना

बागलुङमा रास्वपा नेताको घरबाट ९ जुवाडे पक्राउ, १ लाख ६४ हजार बरामद

बागलुङ,१८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।बागलुङ बजारमा जुवातास खेल

उर्लाबारीको मोबाइल पसलबाट जुवा खेलि रहेका १० जना पक्राउ

उर्लाबारी,१८ कार्तीक । मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको