सरस्वती माविले दमकमा चार तले तरकारी बजार बनाउने

दमक, २२ पुष । दमक ९ मा रहेको सरस्वती माद्यमीक विद्यालयले आधुनीक तरकारी बजार बनाएर विद्यालयको स्थाई आम्दानीको श्रोत बनाउने भएको छ ।

 

दमक ८ मा रहेको विद्यालयको खाली जमिनमा चार तले अत्याधुनीक तरकारी बजार बनाउने गरी त्यसको डि पि आर समेत निर्माण गरीसकेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिनुभयो ।

 

प्रयोगविहिन रहेको विद्यालयको खाली जमिनमा स्थाई आम्दानी समेत हुने र सो आम्दानीबाट विद्यालयको शैक्षिक सुधारमा खर्च गर्ने उद्धेस्य सहित यो आधुनीक तरकारी बजार स्थापना गर्न लागीएको पुरीको भनाई छ ।

 

करिव १५ करोड लागतमा बन्न लागेको यो तरकारी बजार चार तलाको हुने छ । तरकारी, फलफूल, माछा र मासुकालागि छुट्टा छुट्टै बिक्रि केन्द्र स्थापना हुने छ । हरेक तलामा बेग्ला बेग्लै चिस्यान केन्द्र सहित निर्माण हुने भएकोले यसलाई आधुनीक तरकारी बजारको रुपमा विकास गराउने उद्धेस्य विद्यालयको छ ।

 

विद्यालयले तयार पारेको डिपिआरका आधारमा स्थानीय , प्रदेश र संघीय सरकारकासग समन्वय गरी यो परियोजना सम्पन्न गर्ने लक्ष्य राखीएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकालल बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।