गोठे लाटकोसेरा

उर्लाबारी, १५ माघ। मोरङको उर्लाबारी–३ मंगलबारेस्थित सेक्टर वन कार्यालयले वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ। यसै क्रममा मानव बस्तीमा फेला परेका दुई वटा गोठे लाटकोसेराका बच्चालाई सुरक्षित रूपमा हुर्काई प्राकृतिक वासस्थानमा पुनःस्थापना गरिएको छ।

 

रतुवामाई नगरपालिका वडा नं। ६ शनिश्चरेस्थित एक किसानको काठको घरको सिलिङ्गमा फेला परेका ती बच्चाहरूलाई स्थानीयले वन कार्यालयलाई खबर गरेपछि उद्धार गरिएको थियो। उद्धारपछि केही समयसम्म सुरक्षित रूपमा हुर्काइएपछि मंगलबार साँझ सालबारी सामुदायिक वनमा छोडिएको वनका सुवेदार टंक वि।क।ले जानकारी दिनुभयो। उहाँका अनुसार ती बच्चाहरू उड्न र सिकार गर्न सक्षम भएपछि मात्रै प्राकृतिक वासस्थानमा छोडिएको हो।

 

गोठे लाटकोसेरा विशेषगरी गाईवस्तुको गोठ, खोर, पुराना घर तथा खुला खेतबारी आसपास बस्ने चरा हो। सेक्टर वन कार्यालयका प्रमुख विमल के।सी।का अनुसार यो चरा मानव बस्ती नजिक देखिनु सामान्य प्राकृतिक प्रक्रिया हो।

 

राति सक्रिय हुने यो चराले मुसा, छुचुन्द्रा, साना सर्प तथा कीराफट्याङ्ग्रा सिकार गर्ने भएकाले कृषकका लागि अत्यन्त उपयोगी मानिन्छ।
गोठे लाटकोसेरा उल्लु समूहको चरा हो। यसको अनुहार सेतो र मुटुको आकारजस्तै देखिने हुन्छ भने आँखा गाढा कालो हुन्छन्। यसले एक रातमै धेरै मुसा सिकार गर्न सक्ने भएकाले खेतबालीमा हुने क्षति न्यूनीकरण गर्न ठूलो भूमिका खेल्छ। यही कारण यसलाई “किसानको मित्र” समेत भनिन्छ।

प्रत्यक्ष रूपमा मानवलाई कुनै हानी नपुर्याउने यो चरालाई कतिपय स्थानमा अज्ञानता र अन्धविश्वासका कारण अपशकुन ठानी मारिने गरेको पाइन्छ। तर वातावरणीय सन्तुलनका दृष्टिले गोठे लाटकोसेराको भूमिका अत्यन्त महत्वपूर्ण रहेको विज्ञहरू बताउँछन्। विषादी प्रयोग नगरी प्राकृतिक रूपमा मुसा नियन्त्रण हुनु यस चराको सबैभन्दा ठूलो फाइदा हो।

गोठे लाटकोसेरा चराचुरुङ्गी वर्ग अन्तर्गत पर्ने उल्लु समूहको प्रजाति हो। अन्तर्राष्ट्रिय संरक्षण सूची अनुसार विश्वस्तरमा अत्यन्त संकटापन्नमा नपरे पनि नेपालजस्ता कृषि प्रधान मुलुकमा यसको वासस्थान क्रमशः घट्दै गएको छ। वन फँडानी, पुराना गोठघर हट्नु र विषादीको अत्यधिक प्रयोग यसका प्रमुख चुनौती हुन्।

सेक्टर वन कार्यालयका प्रमुख विमल के।सी।का अनुसार गोठे लाटकोसेरा देखिएमा डराउनु वा नष्ट गर्नुको सट्टा संरक्षणमा सहयोग गर्नु आवश्यक छ। मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न सकिए मात्र दिगो वातावरणीय सन्तुलन सम्भव हुने उहाँको भनाइ छ।
“गोठे लाटकोसेरा किसानका लागि प्राकृतिक सुरक्षा कवच हो। यसलाई संरक्षण गर्नु भनेकै वातावरण र कृषिको रक्षा गर्नु हो।”

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि