विद्युत् आपूर्ति बन्द

लुक्लामा मैनबत्तीकै भरमा पर्यटक

 

 

 

 

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा एक सातादेखि विद्युत् आपूर्ति बन्द भएको छ । लुक्ला बजारमा विद्युत् आपूर्ति बन्द हुँदा होटल व्यवसायी तथा पर्यटकको दैनिकी कष्टकर बनेको छ ।

लुक्लामा भर्खरै निर्माण सम्पन्न बोमखोला मिनी हाईड्रोपावर लिमिटेडको पावर हाउसमा एक साता अगाडि चट्याङले क्षति पुर्‍याउँदा लुक्ला बजारमा विद्युत् आपूर्ति बन्द भएको हो ।

विद्युत् नहुँदा पर्यटकको बसाई, मोबाइल फोन चार्जजस्ता कुराहरुमा समस्या भएको स्थानीय होटल संचालक विक्रम तामाङले बताए । ‘बिजुली नहुँदा लुक्ला क्षेत्रमा नियमितरुपमा फोन, मोबाईल र ईन्टरनेट सेवा ठप्प भएको छ भने राति मैनबत्ती बालेर पर्यटकलाई राखिरहेका छौं,’ उनले भने । बिग्रिएको लामो समय हुँदासमेत विद्युत् सञ्चालन गर्ने पहल नभएको गुनासो होटल व्यवसायीहरुको छ ।

१४ करोड १० लाख रुपैयाँको लागतमा बनेको २ सय किलोवाट क्षमताको उक्त जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको कन्ट्रोल सिस्टममा नै चट्याङले क्षति पुर्‍याएको आयोजनाका अध्यक्ष एवं खुम्बु पासाङ ल्हामु गाउँपालिका २ का वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए । विद्युत् बन्द हुँदा नम्बर २ का ४ सय ५० घरधुरी उज्यालोबाट बन्चित भएका छन् । दैनिक २ सय को हाराहारीमा लुक्ला भित्रिने विदेशी पर्यटक यसको प्रत्यक्ष मारमा परेका छन् । ‘विद्युत् सञ्चालनका लागि विदेशबाट सामान झिकाउने काम भइरहेको छ, अबको ४ दिनभित्र बिजुली बल्छ,’ अध्यक्ष शेर्पाले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ