दमकको एड्भान्स हस्पिटलमा न्युरो सर्जरी सेवा विस्तार

दमक , ६ फागुन ।न्युरो सम्बन्धि समस्या भएका दमक र यस आसपासका क्षेत्रका नागरिक उपचार गराउन अब दमक बाहिर जानू नपर्ने भएको छ । किनकी दमकको मुख्य बजार क्षेत्रमा रहेको एडभान्स मल्टी स्पेसियालीटी हस्पिटलले आफ्नो सेवा बिस्तार गरेको जनाएको छ ।

दमकमा कयौ अस्पताल छन जहाँ न्युरो उपचार हुन सकिरहेको थिएन । सरकारी, गैरसरकारी तथा निजि अस्पतालहरुले समेत न्युरो सेवा बिस्तार गर्न नसकिरहेको अबस्थामा दमकको एडभान्स हस्पिटलले भने न्युरो सेवा सुरु गरेको छ । बिर्तामोडमा रहेको बिर्तासिटि हस्पिटलले दमकको एडभान्स हस्पिटलको स्वामित्व लिएसगै नया सेवा बिस्तार गरिएको बुधबार अस्पतालमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

 

पत्रकार सम्मेलमा बोल्दै अस्पतालका सन्चालक तथा मेडिकल डाईरेक्ट डाक्टर अनिल बस्नेतले भन्नू भयो “दमकमा पहिलो पटक हामीले न्युरो सुविधा ल्याएका छौ । विशेषज्ञ सहित सुबिधायुक्त प्रविधिको प्रयोग गरे सल्यक्रिया समेत अब यहाँ हुने छ । यसबारेमा आम मानिसलाई जानकारी दिन हामीले बुधबार निशुल्क स्वास्थ्य शिबिर समेत सन्चालन गर्यौ । “

 

यो अस्पतालकै समूहले दमकमा अर्को सुबिधाजन्य अस्पताल समेत सन्चालनमा ल्याउदै छ । दमक ५ स्थित बिकास टोलमा बिर्ता सिटि हस्पिटल सन्चालनमा आउने छ । यहाँ एम आर आई देखि लिएर अन्य सबै खाले सुबिधा र विशेषज्ञ सुविधा प्रदान गर्ने लक्ष्य लिइएको अस्पतालका प्रशासक बिनोद बस्नेतले जानकारी दिनुभयो । एक सय शैयाको अस्पताल संचालनमा आएपछि यस क्षेत्रका स्वास्थ्य समस्या भएका बिरामीहरु दमक बाहिर जान नपर्ने गरिको सुबिधा दिने तयारी रहेको बस्नेतले बताउनु भयो ।
बाइट, बिनोद बस्नेत, प्रशासक, बिर्ता सिटि हस्पिटल दमक
बिर्ता सिटि हस्पिटल अन्तरगत अब तीन वटा स्वास्थ्य सस्था रहने भएका छन । एडभान्स हस्पिटललाई भबिस्यमा बिर्ता सिटि हस्पिटल दमकको सहयोगीको रुपमा वा कुनै समुहलाई ठेक्काको रुपमा समेत सन्चालन गर्न दिने संभावना पनि रहेको संचालक डाक्टर बस्नेतले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ