ज्ञापन पत्र

ब्याजदर घटाउन माग गर्दै विराटनगरका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा

बिराटनगर/ ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बोकेर गएको व्यापारीको टोलीलाई सुरक्षागार्डले रोकेपछि विराटनगरका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन् । कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने मागसहित आज मोरङ व्यापार संघको टोली राष्ट्र बैंकको प्रदेश नम्बर–१ को प्रादेशिक कार्यालय विराटनगर अगाडि धर्नामा बसेको हो ।

ज्ञापनपत्र बुझाउन जाँदा सुरक्षाकर्मीले रोकेपछि उनीहरू धर्नामा बसेका हुन् । निक्षेप ब्याजदर ६ प्रतिशत र कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको पदाधिकारी टोली राष्ट्र बैंकको कार्यालय पुगेको हो । ज्ञानपपत्र बुझाउन गएको टोली धर्नामा बसेपछि राष्ट्र बैंक विराटनगर कार्यलयका प्रमुख समेत रहनुभएकी निर्देशक मीना पाण्डेले ज्ञापनपत्र बुझनु भएको छ ।

उद्योगीलाई कर्जाको ब्याजदर ‘सिंगल डिजिट’ कायम गर्नुपर्ने प्लेकार्ड प्रदर्शन गर्दै व्यापार संघको टोली राष्ट्र बैंकमा पुगेको हो । प्लेकार्डसहित व्यापार संघको टोली राष्ट्र बैंकमा जाँदा राष्ट्र बैंकले ज्ञापनपत्र बुझ्न अस्वीकार गरे पनि पछि राष्ट्र बैंकका निर्देशक पाण्डेले गेटमा आएर ज्ञापनपत्र बुझनु भएको हो ।

व्यापार संघको टोलीले गभर्नरविरुद्ध नाराबाजी गर्दै गएकोले संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न नहुने भन्दै ज्ञापनपत्र बुझन् अस्वीकार गर्नुभएको थियो । व्यापारीले धर्नामा बसेर नाराबाजी गरेपछि निर्देशक पाण्डेले गेटमै आएर ज्ञापनपत्र बुझ्नु भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको