थप अनुसन्धान जारी

पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ

 

 

 

 

काठमाडौं– प्रहरीले सरकारी छाप कीर्ते गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरिरहेको भन्ने सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट विशेष प्रहरी टोली परिचालित भई संलग्नहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा नियन्त्रणमा केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ घर भई हाल गोंगबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, माडी–४ घर भई मिलन टोल बस्ने २४ वर्षीय प्रज्वल खड्का, बागलुङको बागलुङ नगरपालिका–८ का घर भई सामाखुशी बस्ने ३० वर्षीय रञ्जित कार्की, म्याग्दीको बेनी नगरपालिका–५ घर भई मनमैजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन्।

 

यस्तै, ललितपुरको महांकाल गाउँपालिका–३ घर भई हाल गोंगबु बस्ने ३६ वर्षीया गोमा बजगाईं, पाल्पाको पूर्वखोला गाउँपालिका–५ घर भई गोंगबु बस्ने ३३ वर्षीय जीवनकुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका–८ घर भई गौशाला बस्ने ३७ वर्षीय मिठे मगर रहेका छन्।

 

त्यसैगरी, ललितपुरको महांकाल गाउँपालिका–२ घर भई हाल मानिखेल बस्ने रमेश बजगाईं,
काभ्रेपलाञ्चोकको कटुन्जेवेशी गाउँपालिका–५ घर भई हाल माछापोखरी बस्ने २५ वर्षीय सन्दिप मैनाली, सिन्धुलीको दुधौली नगरपालिका–६ घर भई धुम्बाराही बस्ने २१ वर्षीय अभिषेक मगर, दैलेख काठबीस नगरपालिका–३ घर भई सिनामंगल बस्ने २२ वर्षीय निरञ्जन तिवारी र धादिङको थाक्रे  गाउँपालिका–४ घर भई कलंकी बस्ने २४ वर्षीय मदन तामाङ पनि पक्राउ परेका छन्।

उनीहरूको साथबाट १४ वटा मोबाइल, सरकारी एवं निजी छाप १० वटा, कन्सुलर विभागको छाप एउटा,  राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको छाप एक/एक वटा बरामद भएको छ।

यस्तै, पुलिस क्लियरेन्स सर्टिफिकेट ३ थान, कोरोना खोप प्रमाणपत्र एक थान, ईपासपोर्ट फारम ५ थान, देवल माध्यमिक विद्यालय, डडेलधुराको छाप एक थानसहित अन्य विभिन् छाप बरामद भएको प्रहरीले जनाएको छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा