दमक,४ वैशाख। ‘धर्तीमै छ सबै चीज, खोजे मिल्छ घरिघरि । तर जन्म दिने आमा पाइँदैन कसैगरी ।’ यो कवि केपी भट्टराईले आमाको बारेमा लेखेको एक टुक्रा कविताको एक अंश हो । नौँ महिना गर्वमा राखेर जन्म दिएर दशधारा दुध खुवाएर हुर्कउने आमा हो। आमा विना सन्तानको जिवन अधुरो छ। हो साँची विचार गरौँ त, यो कविताको हरफलाई कति मार्मीक छ । सानो बच्चा देखी हुर्की सकेका छोराछोरी जती प्यारो हुन्छन आमाबुबाको लागि त्यती नै प्यारो सन्तानको जिवनमा आमाबुबा हुनुन्छ।
आज वैशाख कृष्ण औँसी । नेपालमा यसदिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्म दिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जान्छन् । मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई खुसी बनाँउछन्।
यहाँ प्रश्न आँउन सक्छ के मातातीर्थ औंसीमा मात्र आमाको महत्व हो? सन्तानको लागि आमा ३ सय पैसठी दिन नै महत्वपुर्ण हुनुन्छ।यो भनि रहदा के सबैको घरमा आमा सन्तानको लागि महत्व हुनुन्छ त?सुन्दा अचम्म लाग्छ होला तर सत्य यो पनि छ कि ठाँउ ठाँउमा किन वृद्धा आश्रम खोलीएको छ? सन्तान हुँदाहुँदै पनि किन आमा बुबा वृद्धा आश्रममा बस्न बाध्य हुनुन्छ। के परिवार नभएर हो? कि आमा बुबासँग बस्ने समय सन्तानसँग नभएर हो?
राम भग्वानले भन्नु भएको छ, आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला (महान) हुन्छन्। यही वाणीले हामीलाई सधै आमाप्रतिको कर्तव्य सम्झना दिलाउँछ । आमाको छाया वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो । उखान पनि छ– अरूको लाख, आमाको काख ।









