प्राविधक र व्यवसायिक शिक्षा सुरु

पोशाकमै खेतबारीमा विद्यार्थी

 

 

आजकाल झापाका विद्यार्थी पोशाकमै खेतबारीमा देखिन्छन् । कृषिलाई आधुनिकीकरण गर्दै खेतबालीमा अध्ययन गर्दैछन्, विद्यार्थी । ती विद्यार्थी हुन्-बाली विज्ञानका । पछिल्लो समय प्राविधक र व्यवसायिक शिक्षा सुरु भएसँगै यसको अध्ययन गर्ने क्रम बढेको छ । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी यतिबेला खेतबारीमा देखिन्छन् ।

सरकारको सहयोगसमेत पाएपछि उनीहरू सामूहिक रूपमा व्यवसायिक खेती गर्न थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष खेतीमा लाग्ने प्रविधि र टनेल निर्माणमा सहयोग भएपछि विद्यार्थीहरू आफैँ व्यवसायिक रूपमै खेतीमा लागेका छन् । कृषि पढ्ने विद्यार्थीले अभ्यास गर्ने क्रममा व्यसायिक रूपमा खेती थालेको जनता माविमा कक्षा ११ मा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी विपिसा प्याकुरेलले बताइन् । ‘हामी यही विषय पढ्दै आएका छौँ । हामीले अध्यास पनि गर्नुपर्छ । सरकारले नै प्रविधि र टनेल दिएपछि आफैँ उत्पादनमा लागेका हौँ,’ उनले भनिन्, ‘यसले अध्ययन पनि भयो । हामीलाई आर्थिक रूपमा केही सहज पनि भयो ।’

सिक्ने र गर्ने इच्छा हुँदा विद्यार्थीले समेत सफलपूर्वक खेती गरेका छन् । पढाईसँगै आम्दानीसमेत गर्ने गरी विद्यार्थीले गरेको खेतीले अन्य किसानलाई समेत प्रेरित गरेको उनी बताउँछिन् ।

झापा गाउँपालिका क्षेत्रमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षा मात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएको बाली विज्ञानअन्तर्गत कक्षा-९ का विद्यार्थी वसन्त दाहालले जानकारी दिए । यसले गर्दा किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हसुने समस्याका बारेमा जानकारी लिन सहज भएको बताएका छन् ।

विद्यार्थीले चालु आर्थिक वर्ष हाइव्रेड मकैको खेतीको प्रदर्शनी समेत गरेका थिए । एक हेक्टर क्षेत्रमा गरेको मकै खेती र  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाले गत वर्ष टनेल निर्माणमा १० लाख अनुदान सहयोग गरेपछि विद्यार्थीहरू खेतीमा थप आकार्षित भएको परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । ‘विद्यार्थीले सिक्न पनि पाएका छन् । आम्दानी पनि भएको छ,’ उनी भन्छन्, ‘यसले कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्न सघाउ पुगेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६