मेची रंगशालामा आज अन्तिम सेमिफाइनल खेल हुँदै

बिर्तामोड, बैशाख १२ । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा ए डिभिजन टोली चर्च ब्वाइज युनाइटेडको महिला टिम र विभागीय टोली एपिएफ फुटबल क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक चन्द्रगढी युवा क्लबले जनाएको छ ।

 

यसअघि क्वार्टर फाइनलमा चर्चले भुटानको थिम्पु सिटी एफसीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । चर्चले भुटानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, एपिएफले प्रिक्वार्टर फाइनलमा ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको थियो । बाइ पाएको संकटा एफसीलाई क्वार्टर फाइनलमा सडन डेथमा रोक्दै एपिएफले चर्चसँगको भेट निश्चित गरेको हो ।

 

आजको खेलको विजेता टोलीले बैशाख १४ गते फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मी नेपाल पुलिस फुटबल क्लबलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताउनु भयो । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताएउनु भयो। प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने