छात्रावृत्ति कोष स्थापना

दमक क्याम्पसमा पुण्यमाया स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना, वर्षमा ४ जना विद्यार्थीले ३१ हजार बराबरको शैक्षीक राहत पाउने

दमक/
झापाको दमकमा रहेको दमक बहुमुखी क्यम्पसमा अर्को एउटा छात्रावृत्ति कोष थपीएको छ । पुण्यमाया स्मृती छात्रावृत्ती अक्षय कोषको आईतबार एक औपचरिक कार्यक्रम गरेर घोषणा गरिएको छ । दमक ५ निवासी गुरु प्रसाद रेग्मि र शुसिला रेग्मीले स्थापना गरेको अक्षय कोषको बारेमा आईतबार दमक क्याम्पसमा कार्यक्रम गरि जानकरी गराइएको हो ।

४ लाख रुपैँया बराबरको यो अक्षय कोष गुरु प्रसाद रेग्मीकी आमा स्व पुण्यमाता रेग्मी, योगमाया रेग्मी , शुष्मा रेग्मी र भगिरता भट्टराईको स्मृतिमा तय गरिएको हो ।

यो कोषबाट कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने २ जनालाई १४ हजार, गरिव तथा जेहेन्दार १ जना छात्रालाई १० हजार र १ जना क्याम्पसकै उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ७ हजार नगद छात्रावृत्ति उपलब्ध गराइने आईतबार आयोजीत कार्यक्रममा अक्षय कोष स्थापना गर्ने गुरु रेग्मीका छोरी ज्वाई तोयानाथ आचार्यले जानकारी दिनुभयो ।

यो छात्रावृत्तीले गरिव तथा जेहेन्दार विद्यार्थीका साथै अध्ययनमा रुची राख्ने विद्यार्थीको उच्च शिक्षा पढाईमा मद्यत पुग्ने विस्वास गरिएको दमक बहुमुखी क्याम्पसका प्रमुख नेत्र प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

कोषको संरक्षकहरुमा श्रीमती गोमा रेग्मी निरौला, छोरा बुहारीहरु क्रमश निरज कुमार/शर्मिला रेग्मी, पंकज/सविना रेग्मी तथा छोरी ज्वाईहरु उषा रेग्मी(आचार्य/तोयानाथ आचार्य रहनु भएको छ ।

घोषित रकम मेचि सहकारी सस्था लिमिटेड दमकको खातामा कोषको नाममा रकम जम्मा गरिसकिएको पनि जानकारी गराइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।