दमक,२ जेठ। साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ६२ ओैं श्रृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ । साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मुकदर्शक को अध्यक्षतामा र कवि तथा साहित्यकार विरेन्द्र थोक्लिहाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे,उर्लावारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमीरे ,उर्लावारी साहित्य समाजका सदस्यहरु रेवतीप्रसाद घिमीरे र जितेन्द्र न्यौपाने , काव्यघरका अध्यक्ष तथा सञ्चारकर्मी राजकुमार खड्का र साहित्यकार हाङ ओझा थेगीम लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्यकला सङगमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले , महासचिव ओमप्रसाद खनाल , सचिव बिरेन्द्र खड्का ,सह सचिव मेघनाथ बन्धु , कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्य बिबेक दुलाल क्षेत्री र सष्टाहरु किशोर खनाल,त्रिलोचन रेग्मी,खड्ग बहादुर खड्का ,यादवप्रसाद नेपाल ,गोपाल दहाल, पदमप्रसाद ओली,शान्तप्रसाद भट्टराई,अम्बिका प्रसाद सापकोटा,दिपेन्द्र नेपाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागी सबै स्रष्टाहरु र प्रमुख अतिथि र अतिथिहरु सबैले रचना वाचन गरेका थिए ।
साहित्य कला सङगमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोलेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गर्नु भएको थियो।









