कामदार हुँदै मालिकसम्म

‘लेवर’ भिषामा मलेसिया पुगेका न्यौपाने कसरी बने ‘ अपरेसन म्यानेजर’ ?

सफलताको सूत्र केवल मेहनत मात्र होइन, रोजगारदाताको ‘विस्वास’ जित्नु पनि हो।

दमक, २ जेठ।  वैदेशिक रोजगारीका लागि मलेसिया पुग्ने अधिकांश नेपालीको एउटै गुनासो हुन्छ, “जुन पदमा आयो, त्यही पदमा अवकाश।’’ तर, झापाको कमल निवासी डिल्ली न्यौपानेले यो स्थापित भाष्यलाई गलत सावित गरिदिनु भएको छ ।
१८ वर्षअघि सामान्य ‘लेवर’ भिषामा मलेसिया छिर्नुभएका न्यौपाने आज त्यहाँको एउटा प्रतिष्ठित निर्माण कम्पनीको ‘अपरेशन म्यानेजर(जिएम)’ सम्मको ओहोदामा पुग्न सफल हुनु भएको छ ।

यस्तो छ सुरुवाती संघर्ष

सन् २००६ मा पहिलोपटक कामदार भिषामा मलेसिया पुग्दा न्यौपानेको मासिक कमाइ मात्र ३८० मलेसियन रिंगेट थियो। सुरुका तीन वर्ष जोहोरबारुको एक कम्पनीमा ‘जेनरल वर्कर’ का रूपमा कडा परिश्रम गरेपछि उहाँ नेपाल फर्कनुभयो । तर, सपना अझै बाँकी थिए। दोस्रो पटक मलेसिया जाँदा उहाँले एउटा शर्त अघी सार्नुभयो कि — “पासपोर्ट आफैँसँग राख्न पाउनुपर्ने।’’

 

त्यसपछि उहाँ सेलाङ्गर राज्यको श्रीकाम्वाङगानमा रहेको टोनिमेन डेभ्लोप्मेण्ट नामक निर्माण कम्पनीमा आबद्ध हुनुभयो । सुरुका दिनमा उहाँले त्यहाँ चर्को घाममा बेल्चा हान्ने (लेवर) काम गर्नुभयो ।

“मलेसियाको प्रचण्ड गर्मीमा बेल्चा चलाउँदा कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो— यो गाह्रो काम कहिलेसम्म गर्ने होला? तर मैले कहिल्यै हिम्मत हारिनँ, आफ्नो जिम्मेवारीलाई सहज रूपमा लिएँ,“ न्यौपाने विगत सम्झनु हुन्छ ।

 

विश्वासले दिलाएको सफलता

न्यौपानेका अनुसार सफलताको सूत्र केवल मेहनत मात्र होइन, रोजगारदाताको ‘विस्वास’ जित्नु पनि हो। कम्पनी प्रतिको इमान्दारिता र सहकर्मीहरूसँगको कुशल व्यवहार देखेपछि कम्पनीले उहाँलाई सुरुमा कामदार हेर्ने ‘हेड’ को जिम्मेवारी दियो। बिस्तारै उहाँको भूमिका फेरिँदै गयो।

 

कुन देशबाट कति कामदार ल्याउने र उनीहरूको छनौट कसरी गर्ने भन्ने जस्ता महत्वपूर्ण निर्णयहरू कम्पनीले न्यौपानेकै जिम्मामा छाड्न थाल्यो।

 

यही अटुट विश्वासका कारण आज उहाँ सोही कम्पनीको सिङ्गो अपरेसन सम्हाल्ने म्यानेजर बनेका छन्। हिजो ३८० रिंगेटबाट सुरु भएको उहाँको पारिश्रमिक आज मासिक ६ हजार आर एम भन्दा बढी पुगेको छ।

 

कामदार हुदै मालीक सम्म

मलेसियाको रोजगारीले न्यौपानेलाई पद र पैसा मात्र दिएन, उद्यमी बन्ने साहस पनि दियो। अहिले उहाँले मलेसियामा आफ्नै शैलुन व्यवसायमा लगानी गर्नुभएको छ । साथै, उहाँले आफ्नो मातहतमा विभिन्न स्थानमा नयाँ कामदारहरूलाई रोजगारीको अवसर समेत मिलाउँदै आउनु भएको छ ।

स्वदेश फिर्तिको योजना के ?

 

निर्माण क्षेत्रको लामो अनुभव, पुँजी र व्यवस्थापकीय क्षमता हासिल गनुभएका न्यौपाने अब आफ्नै देश फर्किएर केही गर्ने सोचमा हुनुहुन्छ “मलेसियाले मलाई अनुभव र क्षमता दियो, अब नेपाल फर्केर निर्माणकै क्षेत्रमा नयाँ ढंगले काम गर्ने मेरो योजना छ,“ उहाँले दृढताका साथ सुनाउनुभयो ।

 

मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई न्यौपानेको एउटै सुझाव छ, आफ्नो कामलाई अरूभन्दा फरक ढंगले सम्पन्न गर्नुस्। “यदि तपाईंको कामले ‘बोस’ (रोजगारदाता) को चित्त बुझ्छ भने तपाईं सधैँ उसको विश्वासिलो पात्र बन्न सक्नुहुन्छ। माथिल्लो तहमा पुग्नका लागि चुनौती त हुन्छन्, तर इमान्दारिताले ती सबै ढोका खोल्ने छ । ’’

 

डिल्ली न्यौपानेको यो यात्रा ती तमाम नेपालीका लागि प्रेरणा हो, जो विदेशमा पसिना बगाइरहेका छन् र केही ठूलो गर्ने सपना देखिरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको