नेपालबाट मान्छे बेच्ने एजेण्ड ध्वस्त हुनु आवश्यक छ : ओली

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि त्यसले समस्या समाधान गर्न नसकेको बताउनु भयो ।

उहाँले सरकारको उद्देश्य महिलाहरूलाई शोषण र हिंसाबाट जोगाउनु भए पनि प्रतिबन्धका बाबजुद घरेलु कामदारका रूपमा विदेश जाने क्रम नरोकिएको उल्लेख गर्नु भयो । उहाँका अनुसार नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् ।

उहाँले भन्नुभयो,‘नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगायो । सरकारको तर्क थियो । उहाँहरूलाई शोषण र हिंसाबाट सुरक्षित गर्नु । तर के यो प्रतिबन्धले महिलाहरूलाई साँच्चिकै सुरक्षित बनाउन सक्यो रु यथार्थ हेर्दा, प्रतिबन्धले घरेलु कामदारका रूपमा विदेश जाने क्रम रोकिएको छैन । हाम्रा महिलाहरुलाई खाडिसम्म पुर्याउन एजेन्टहरुले विभिन्न वैैकल्पिक रुट प्रयोग गरिरहेको छन् । कहिले भारत हुँदै, कहिले अफ्रिकी मुलुकहरूलाई ट्रान्जिट बनाएर उनीहरूलाई गन्तव्य देशसम्म पुर्याइन्छ ।’
सांसद ओलीले मानव बेचबिखनमा संलग्न एजेन्ट नेटवर्क नेपालबाट ध्वस्त पार्न आवश्यक रहेको भन्दै अहिले १० देखि १२ लाख रुपैयाँसम्म लिएर महिलाहरूलाई कुवेतलगायत मुलुकमा बेच्ने काम भइरहेको दाबी गर्नुभयो।

‘सारा मान्छे बेच्ने एजेण्ड नेटवर्क नेपालबाट ध्वस्त हुनु आवश्यक छ । अहिले १० देखि १२ लाखमा महिलाहरुलाई कुवेतमा बेच्ने काम गरिराखेका छन् । एजेण्डहरुको छिनोफानो राज्यले नगरेसम्म चेलिबेटीहरु बेचिरहन्छन्,’ उहाँले भन्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन