उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने जनाएको छ ।समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रका विभिन्न समस्या तथा समाधानका उपायबारे सरोकारवालासँग छलफल गरिएको हो ।बैठकमा समिति सभापति रहबर अन्सारीले उद्योगी व्यवसायीले उठाएका समस्यालाई समितिले बैठकमार्फत नै सरकारका कामकारबाहीमा समन्वय र ध्यानाकर्षण गराउने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याहरूको समाधानका लागि हामी सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वयमा छौँ । उद्योगी व्यवसायीहरूले उठाउनुभएका समस्याहरूलाई समितिले गम्भीरतापूर्वक लिएको छ । बैठकमा प्राप्त सुझाव र समस्याहरूलाई सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरेर समाधानका लागि आवश्यक निर्देशन र पहल गर्छौँ। आजको बैठकमै विषय टुंगिने होइन, यसलाई निरन्तर फलोअप गरेर परिणाममा पु¥याउने हाम्रो उद्देश्य हो ।’

 

चिनी, ग्यास लगायतका विषयमा समितिले सरकारसँग निरन्तर समन्वय गर्दै आएको उहाँको भनाइ थियो ।अन्सारीले उद्योग क्षेत्रमा देखिएका समस्यालाई तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा वर्गीकरण गरी समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले भन्सारमा बन्द रहेका वा बिग्रिएका स्क्यानरलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिने बताउनु भयो ।त्यस्तै, विभिन्न स्थानीय तहमा देखिएको कवाडी करको समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने उहाँले बताउ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन