संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन गरि नागरिकतालाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो ।

ब्रिटिश गोर्खा तथा तिनका सन्तानहरूको नेपाली वंशजको नागरिकता निरन्तरता अभियान(सीएनसी बिजी–यूके) उपाध्यक्ष दलबहादुर बुढाथोकीले नेपालको संविधानले नै हाफूहरुको नागरिकता पाउने अधिकार छिनेको आरोप लगाउनु भयो ।

‘नागरिकता ऐन २०६३ को दफा १० को १ मार्फत ‘यदि कुनै नेपाली नागरिकले कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा उसको नेपाली नागरिकता नहने’ भन्ने व्यवस्थाले हाम्रो अधिकार गुमेको छ,’बुढाथोकीले भन्नुभयो ।

आफूहरुको अधिकारका लागि २०७२ को संविधान संशोधन गरि अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।

भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका अध्यक्ष हुमबहादु थापाले कानुनी तबरबाटै नागरिकता बञ्चित गरिएकोले त्यसैमार्फत नै अधिकार सुनिश्चित गर्न माग गर्नुभयो ।

थापाले सरकारले आफूहरुलाई वंशजको नागरिकता निरन्तरतको एक शूत्रीय मागलाई सम्बोधन नगरे दसैं–तिहारपछि संसदमा विषय उठाउन पहल तथा सडक आन्दोलनसमेत गर्ने चेतावनी दिनुभयो ।

प्रा।डा।सुरेन्द्र केसीले नेपाल, बेलायत र भारतबीच त्रिपक्षीय सन्धीमार्फत भर्ति भएका ब्रिटिश गोर्खाहरुलाई अभिछिन्नरुपले नेपाली वंशजको नागरिकता हुनुपर्नेमा जोड दिनुभयो ।

राज्यस्तरबाटै सहमति भएर भर्तिमा गएका ब्रिटिश आर्मीहरुप्रति राज्यको पूर्वाग्रहिता गलत छ, कानुनी हिसाबबाटै नागरिकता च्युत गरिनु मानव अधिकार विपरित पनि भएको डा।केसीको कथन छ । केसीले राज्यले सहजै नमान्ने भएले संघर्षको लागि तयरी गर्न सुझावसमेत दिनुभयो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानमै एनआरएनएको दोहोरो नागरिकताको विषयमा उल्लेख हुँदा ब्रिटिश गोर्खा सैनिक तथा उनीहरुका परिवारको विषयमा उल्लेख नगरिनु दुर्भाग्य भएको बताउनु भयो ।

बेलायती सैनिक सेवा रज्यद्वारा नै निर्देशित भएकोले एनआरनहरुको भन्दा ब्रिटिश गोर्खाहरुको विषय भिन्न प्रकृतिको भएको र उनिहरुलाई नेपाली वंशजको नागरिकता निरन्तर हुनुपर्ने त्रिपाठीको कथन छ ।

भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका सचिव अधिवक्ता चेतबहादुर आलेले २०७२ को संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुको माग सम्बोधन गर्नसकिने धारणा राख्नुभयो । सहसचिव पूर्णबहादुर रानाले नागरिकता नैसर्गिक अधिकार भएको र गोर्खा सैनिकहरुले अनिवार्य पाउनुपर्ने धारणा राख्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन