पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउन पाउने र बाथरुम जान पाउने व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु भयो,‘संसदीय मामिलामा रिपोर्टिङमा खटिएका पत्रकार साथीहरुको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ । रातदिन नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकार साथीहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र पिसाब लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस् ,म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै,उहाँले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताउनु भयो ।

‘पानी पर्दा क्यामरा जोगाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे भएको छ । अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुनेगरी पत्रकार साथीहरुलाई दुःख नदिन सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन