अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो ।

 

विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

 

नाफिजले सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत उजुरी तथा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट पारेको छ । तर, उक्त विषयलाई काउन्सिलमा प्रवेश नै नगराई सिधै अदालतमा लगिएको र सञ्चारमाध्यमको धारणा नै नसुनी आदेश जारी गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।

 

संघले नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिएको स्मरण गराउँदै संविधानको धारा १७, १९ र २७ ले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा जनताको सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेको छ । नाफिजले लोकतान्त्रिक व्यवस्थामा अदालतको सम्मान र निर्णय कार्यान्वयनप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ ।

 

तर, अदालतको पछिल्लो आदेश संविधान, प्रचलित कानुनी मान्यता तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै उक्त आदेश पुनर्विचार गर्न सम्मानित अदालतसमक्ष आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन