सिलिङ बढाउन आयोगलाई आग्रह

अब भ्यू टावरमा लगानी नगर्ने  मन्त्री झाँक्री को आग्रह

 

 

काठमाडौं __सहरी विकास  मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा  मन्त्रालयले लगानी गर्न नहुने बताएकी छन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताएकी हुन् ।

सोमबार मन्त्रालयमा आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा  मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने बताइन् । उनले भनिनन्, ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिदैन, गर्नै पर्ने भए सघन सहरी विकास कार्यक्रम अन्तर्गत समेटौँ ।’

भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण रहेको एकीकृत पूर्वाधार मार्ग (युटिलिटी) कोरिडोर सम्बन्धी ऐन र एकीकृत सहरी विकास योजनालाई समेटेर बजेट बनाउनु पर्नेमा उनले जोड दिइन् । जनताको मौलिक हकलाई मध्यनजर गर्दै एकीकृत आवास योजनाका कार्यक्रमलाई समेत व्यवस्थित गर्नुपर्ने  बताउँदै मन्त्री झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग लगायतका संवैधानिक आयोगहरूको आफ्नै भवन समेत नरहेकाले आयोगका भवनहरू निर्माणका लागि कार्यक्रम बनाएर बजेट व्यवस्था गर्नुपर्ने बताइन्।

योजना आयोगलाई आफ्ना योजनाबारे बुझाउँदा बजेट सिलिङ बढाउन सकिने  बताउँदै बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको अनुभव हेरेर फोहोर मैला व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्ने खालका कार्यक्रम बजेटमा समेट्नु पर्ने जिकिर गरिन् ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगबाट चालुतर्फ ३९ अर्ब र पुनर्निर्माण ६ अर्ब गरी जम्मा ४५ अर्ब को बजेट सिलिङ पाएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले  जानकारी दिए। चालू आर्थिक वर्षका लागि गत वर्ष मन्त्रालयले ३१ अर्बको बजेट सिलिङ पाएको थियो । मन्त्रालयले पुनर्निर्माण झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै बजेटको सिलिङ बढाउन योजना आयोगलाई आग्रह गर्ने भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट

जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ । कम्युनिस्ट

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका