चर्को घाममा शीतलताको छहारी, रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

रौतहट,११,जेठ । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाहिर निस्कनै पर्ने बाध्यता छ ।

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने वृद्धवृद्धा, नाबालक बोकेका आमाहरू र सर्वसाधारण नागरिक घण्टौँसम्म लाममा उभिन विवश थिए । चर्को घाम र पसिनाले निथ्रुक्क भिजेका सेवाग्राहीहरूलाई कार्यालय परिसरमा पालो पर्खेर बस्नु निकै कष्ट भइरहेको थियो ।

नागरिकको यही सास्ती र छटपटीलाई नजिकबाट नियालिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले अन्ततः एउटा सुखद र मानवीय निर्णय लिएको छ । सेवाग्राहीको यो कष्टलाई कम गर्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको विशेष निर्देशनमा कार्यालय परिसरको प्रतीक्षालयमा ठूलो क्षमताको कुलर जडान गरिएको छ ।

यो केवल एउटा मेसिनको जडान मात्र होइन, प्रचण्ड गर्मीमा भौंतारिएका नागरिकका लागि राज्यको तर्फबाट पाइएको शीतल छहारी बनेको छ ।
कुलर चल्न थालेपछि शीतलताको श्वास फेर्दै विवेक कुमार साहले भने, ‘यस्तो गर्मीमा लाममा बस्दा रिँगटा चल्थ्यो । तर आज चिसो हावा र पानीको व्यवस्था देख्दा लाग्यो, सरकारले हाम्रो दुःख बुझेछ ।’

मधेसका सरकारी कार्यालयहरूमा गर्मीको समयमा सेवाग्राहीले सास्ती खेप्नु यहाँको नियति नै बनिसकेको थियो । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटले देखाएको यो संवेदनशीलताले नागरिक र राज्यबीचको सम्बन्धलाई थप न्यानो र आत्मीय बनाएको छ। यस कार्यलाई स्थानीयले एउटा उदाहरणीय र नागरिकमैत्री कदमका रूपमा प्रशंसा गरिरहेका छन् ।

प्रशासन स्रोतका अनुसार यो सुरुवात मात्र हो । आगामी दिनमा गर्मीकै कारण कुनै पनि नागरिकको स्वास्थ्यमा असर नपरो र सेवा प्रवाह अझ सहज होस् भन्नका लागि आवश्यकता अनुसार थप व्यवस्थाहरू गरिने प्रतिवद्धता समेत जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन