विश्वविद्यालयको अवस्था अस्तव्यस्त बन्दै

विश्वविद्यालय शिक्षा व्यवस्थित गर्न उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन चाहिएको छ : महामन्त्री थापा

 

काठमाडौँनेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको उच्च शिक्षालाई मार्गदर्शन गर्न यथाशिघ्र उच्च शिक्षासम्बन्धी ऐन ल्याउनुपर्ने बताएका छन्  उनले भएका विश्वविद्यालयको अवस्था अस्तव्यस्त बन्दै गर्दा नयाँनयाँ विश्वविद्यालय खोल्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे 

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको १२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मुलुकमा ठूलो राजनीतिक परिवर्तनहरू भइसकेपछि अब शिक्षा स्वास्थ्य जस्ता विषय नै महत्त्वपूर्ण मुद्दा बन्नुपर्ने बताए 

उच्च शिक्षा कसरी सञ्चालन गर्ने ? यसमा लगानी कसले गर्ने ? यो एउटा महत्त्वपूर्ण बहसको विषय हो  यसमा संघको जिम्मेवारी के हो ? प्रदेशको जिम्मेवारी के हो ? भएका विश्वविद्यालय कसरी सञ्चालन गर्ने ? नयाँ विश्वविद्यालय खोल्ने कि नखोल्ने ? यसको व्यवस्थापन कसरी गर्ने ? भन्ने बहस नगरी विश्वविद्यालय थप्नेमात्रै निर्णय गरेर हुदैन,’ उनले भने 

महामन्त्री थापाले सरकारले विश्वविद्यालय स्थापना घोषणामै मात्र चासाे दिएर नपुग्ने बताए अहिले संघीय सरकार विश्वविद्यालयको स्थापना घोषणामा उद्दत   प्रदेश सरकारले पनि विश्वविद्यालय खोल्दैछन्, यसरी सबैले आफ्नै ढंगले अघि बढ्ने हो भने हामी कहाँ पुग्छौँ ?,’ उनले भने 

उनले सरकारले नयाँ विश्वविद्यालय खोल्दै गर्दा पूराना विश्वविद्यालयको सञ्चालन व्यवस्थापनको विषयमा समेत ध्यान पुर्याउनुपर्ने बताए 

त्रिभुवन विश्वविद्यालयमा नेपालका सबै विश्वविद्यालयको माउ हो, यो कुनै एउटा दलको मात्रै हुनै सक्दैन  यो विषयमा सबै प्रस्ट एक ठाउँमा भएर अघि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘विश्वविद्यालय शिक्षालाई अस्तव्यस्त बन्न दिनु हुँदैन 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न