हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ बराबरको सम्पत्ति रोक्का रहेको बताउनु भएको छ ।

शनिबार नेपाल जग्गा तथा आवास विकास संघको १९औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले हदबन्दी सम्बन्धी कित्ताकाटका व्यवस्था आगामी साउनदेखि लागू हुने नियमावलीको प्रतीक्षा नगरी अध्यादेशमार्फत तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्दै आएको बतोउनु भएको छ ।

‘हदबन्दी सम्बन्धी कित्ताकाटको विषय बजेटमा आएर साउनबाट लागू हुनेभन्दापनि यसलाई अध्यादेशमार्फत चाँडो ल्याउनुपर्छ,’उहाँले भन्न्ुा भयो, ‘हदवन्दीको समस्या र अपार्टमेन्टमा संयूक्त आवासको कम्युनिटी स्पेसमा कुनैपनि शुल्क नलिनका लागि माग गर्दै आएको छौँ ।’

घिमिरेले संयुक्त आवास तथा अपार्टमेन्टका सामुदायिक प्रयोगका खुला क्षेत्र (कम्युनिटी स्पेस) कुनै शुल्क नलिई नेपाल सरकारको नाममा ल्याउनु पर्छ भनेर माग गरेको समेत बताउनु भयो ।
उहाँले हदबन्दीका कारण रोकिएका जग्गा विकास आयोजना, आवासीय परियोजना तथा अपार्टमेन्ट कारोबारलाई खुला गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार आवास क्षेत्रलाई पनि अन्य पूर्वाधार उद्योगसरह सुविधा उपलब्ध गराउनुपर्ने धारणा राख्नु भयो । साथै स्थानीय तहहरूले आवास तथा घरजग्गा व्यवसायमा अन्य व्यवसायको तुलनामा बढी कर लगाउने गरेको भन्दै कर प्रणालीमा समान व्यवहार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘औद्योगिक व्यवसाय एन २०७६ बमोजिम यस आवास क्षेत्र आइएस् आवासलाई पनि अन्य पुर्वधार उद्योग सरह नै सहुलेत दिनु पर्दछ भन्ने माग राखेको छौँ । स्थानीय निकायले लिने विभेदकारी व्यवसाय खोलेर काम गर्नेलाई धेरै कर लिने र अरू व्यवसायलाई कम कर लिने भएको हुनाले पनि कम हुनुपर्ने र भएपनि अरू सरह हुनुपर्छ भनेर माग गर्दै आएको बताउनु भयो ।

अध्यक्ष घिमिरेका अनुसार हदबन्दीका कारण रोकिएका सम्पत्तिको खरिदबिक्री नहुँदा धेरै उपभोक्ताले आंशिक रकम भुक्तानी गरेर घर तथा अपार्टमेन्टमा बसोबास गरिरहेका जानकारी गराउनु भयो।

उहाँले रोकिएका कारोबार खुला गरिए कम्तीमा २० अर्ब रुपैयाँ राजस्व सरकारलाई प्राप्त हुने दाबी गर्दै यस विषयमा पटक–पटक ध्यानाकर्षण गराए पनि चालु आर्थिक वर्षको बजेटमा सम्बोधन नभएको गुनासो समेत गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ पञ्च ईभी , चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको रोजाई पनि

काठमाडौं,१९ असोज । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक

युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार

कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको

झापा–इलाम सीमामा सुरक्षा निगरानी कडा

झापा,१९ असोज।  जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी