कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको प्रस्ताव गर्नु भएको छ । प्रतिवेदनमा उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामथ्र्यका आधारमा नभई पारदर्शी र स्पष्ट प्रक्रियाबाट तय गरिनुपर्ने उल्लेख गरिएको छ । उम्मेदवार छनोटमा पार्टी सदस्यको मत, समर्थक तथा शुभेच्छुकको सहभागिता र सार्वजनिक मतसर्वेक्षणलाई आधार बनाउने प्रस्ताव गरिएको छ ।

‘कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सार्वजनिक उत्तरदायित्व र नैतिक आचरणको उच्च मापदण्ड पूरा गर्नुपर्छ । उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामथ्र्यको पुरस्कार हुने छैन । छनोटदेखि निर्वाचित भएपछि गर्ने कामसम्म स्पष्ट प्रक्रिया र सार्वजनिक प्रतिबद्धता आवश्यक हुनेछन्,’ प्रतिवेदनमा लेखिएको छ । आकांक्षी उम्मेदवारको योग्यता, सामुदायिक योगदान, विगतको कार्यसम्पादन, इमानदारी तथा नैतिक आचरणको परीक्षण गरिने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्राइमरीको प्रक्रिया पारदर्शी बनाउँदै छनोटका आधार परीक्षण गर्न सकिने गरी अभिलेख राख्ने प्रस्ताव गरिएको छ ।

 

प्रतिवेदनअनुसार उम्मेदवारका आकांक्षीलाई नेतृत्वसम्बन्धी प्रशिक्षण दिइनेछ । अन्तिम छनोटमा परेका उम्मेदवारले गभर्नेन्स इन्स्टिच्युटसँग आबद्ध भएर आफ्नो अधिकारक्षेत्रमा गर्ने कामको सार्वजनिक प्रतिबद्धता प्रस्तुत गर्नुपर्नेछ । त्यसमा प्राथमिकता, आवश्यक स्रोत र प्रगति मापनका आधारसमेत स्पष्ट गरिने प्रस्ताव छ । निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनलाई पार्टीगत मूल्याङ्कनको आधार बनाइने तथा उनीहरूले आफ्ना कामको प्रगति र पूरा हुन नसकेका प्रतिबद्धताका कारण सार्वजनिक गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा सेवा मापदण्ड, एकद्वार सेवा, सहभागितामूलक योजना, निष्पक्ष नियुक्ति र नियमित सार्वजनिक सुनुवाइको अभ्यास अघि बढाउने प्रस्ताव पनि गरिएको छ । संघमा प्रतिपक्षको निगरानी तथा प्रदेश र स्थानीय तहमा प्राप्त अधिकारको प्रयोगलाई एउटै सार्वजनिक उद्देश्यसँग जोड्ने उल्लेख छ ।

 

सरकारमा नरहेको अवस्थामा पनि कांग्रेसले अध्ययन, नागरिक सहकार्य र अनुगमनलाई निरन्तरता दिने प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेशमा वा स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकको मतदान पहुँच सुनिश्चित गर्न निर्वाचन सुधारका कार्यक्रम अघि बढाउने प्रस्ताव गरिएको छ । मतदानको विश्वसनीयता र गोपनीयता सुनिश्चित गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ पञ्च ईभी , चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको रोजाई पनि

काठमाडौं,१९ असोज । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक

युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार

कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको

झापा–इलाम सीमामा सुरक्षा निगरानी कडा

झापा,१९ असोज।  जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी