भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ : ज्ञानेन्द्र शाही

काठमाडौं,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने बताउनु भइको हो । उहाँले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको छ ।

उहाँले भन्न्ुा भयो,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्यक्तिबीच फरक हुन्छ । सामान्य नागरिक र सामान्य जनताले भनेको कुरा फरक हुन्छ । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरु तथ्य प्रमाण र यर्थातमा आधारित हुनुपर्छ । तथ्यांक बिनामा अभिव्यक्ति राजनीतिक भाषण हुनसक्छ । तर त्यो राज्य संचालन गर्ने आधार बन्न सक्दैन ।’

उहाँले प्रधानमन्त्रीका भनाइ तथ्यांक, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने उल्लेख गर्दै तथ्यबिनाका अभिव्यक्ति राजनीतिक भाषण त हुनसक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने बताउनु भयो।

सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धी विषय उठाउँदै सरकारले भारतले नेपाली भूमि मिचेको दाबी गरेको हो भने त्यससम्बन्धी प्रमाण संसदसमक्ष प्रस्तुत गर्न आग्रह गर्नु भएको हो।
उहाँले प्रमाणबिना जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्ति दिन नहुने धारणा राख्दै सरकारले यस्ता गतिविधिबाट स्वयं जोगिनुपर्ने बताउनु भयो।
उहाँले भन्नु भयो,‘भावनाले ताली पाउन सक्छ । तर तथ्यले मात्र विश्वास जित्न सक्छ । यदी सरकारसँग नेपालले भारतले सिमाना मिचेको छ भने सम्मानीत संसद समक्ष प्रस्तुत गर्न अपिल गर्छु । यदी छैन् भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयम जोगिनु पर्छ । प्रधानमन्त्रीले तथ्यबिना संसदमा बोलेका तथ्यहरु संसदको रेकर्डबाट हटाउन अपिल गर्छु ।’

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको उक्त दिने क्रममा प्रधानमन्त्री बालेन शाहले भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको धारणा राख्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमर्यादित गतिविधि गर्ने सांसदमाथि कारबाहीको तयारी :सभामुख

काठमाडौं,१८ जेठ । सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको छ

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं ,१८ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता

प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई गगन थापाको प्रश्न

रूपन्देही ,१८ जेठ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान

मंगलबारसम्मका लागि बैठक स्थगित

काठमाडौं,१८ जेठ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा

१५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं,१८ जेठ । सोमबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । विपक्षी