विश्वकप २०२६

डिआर कंगोसँग पोर्चुगल रोकियो, रोनाल्डोको फितलो प्रदर्शन

काठमाडौं,४ असार । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकनु भएन । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उहाँले जम्मा २५ पटक मात्र बल छुनु भएको थियो। यो उहाँको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।

 

ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उहाँलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उहाँ यस खेलमा विपक्षी रक्षकहरूको कडा निगरानीमा परेपछि प्रभाव जमाउन असफल हुनु भएको हो।

 

खेलको छैटौं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा डिआर कंगोका योआन विस्साले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो । दोस्रो हाफमा पोर्चुगलले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

 

अन्ततः दुवै टोलीले एक–एक अंक बाँड्दै प्रतियोगिताको सुरुआत गरेका छन् । यस खेलसँगै रोनाल्डो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार १० खेलसम्म गोल गर्न नसक्ने अवस्थामा पुग्नु भएको छ। यता सन् १९७४ पछि पहिलो पटक विश्वकप खेलिरहेको डिआर कंगोले बलियो प्रतिद्वन्दी पोर्चुगलसँग बराबरी खेल्दै ऐतिहासिक जित हात पारेको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा