दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य रकम विनियोजन गरिएको छ।

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न क्षेत्रगत प्राथमिकता निर्धारण गर्दै बजेट विनियोजन गरेको हो ।

नगरपालिकाको १९ औँ नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रस्तुत गर्नुभएको बजेट अनुसार सबैभन्दा बढी रकम पूर्वाधार विकास क्षेत्रमा छुट्याइएको छ।
विवरणअनुसार आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि ४ करोड ८३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ शिक्षा क्षेत्रमा ३२ करोड ३७ लाख ५५ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रमा ९ करोड ३४ लाख रुपैयाँ तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

त्यस्तै, पूर्वाधार विकासअन्तर्गत यातायात पूर्वाधारका लागि ५५ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो बजेट हो। भवन, आवास तथा सहरी विकासतर्फ ११ करोड २५ लाख रुपैयाँ, सञ्चार तथा सूचना प्रविधि, विज्ञान तथा प्रविधिका लागि १ करोड रुपैयाँ तथा पुनर्निर्माण कार्यका लागि ५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका कार्यक्रमका लागि ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने विपद् व्यवस्थापनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २६ करोड २४ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
नगरपालिकाले आगामी वर्षको बजेटमार्फत पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन तथा सुशासन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’:मुटुरोग विशेषज्ञ

काठमाडौँ,१३ असोज । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताउनु भएको छ।

किन धकेलियो कांग्रेसको महाधिवेशन?

काठमाडौं ,१३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

काठमाडौं,१३ असोज । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक