किन धकेलियो कांग्रेसको महाधिवेशन?

काठमाडौं ,१३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो ।

असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिनुभयो ।

‘नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्,’ दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको पनि उहाँले बताउनु भएको छ ।

१५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । महाधिवेशन अन्तर्गत अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यस्तो छ कारण, अमेरिका र क्यानाडाबिच तनाब चुलियो

काठमाडौँ, १३ असोज । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर ,१३ असोज। तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति विराटनगर–६ सरोचियास्थित

कच्चा तेलमा लाग्ने आयात शुल्क घटाउदै भारत, नेपाली अर्थतन्त्रमा पर्छ यस्तो असर

काठमाडौं ,१३ असोज। नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’:मुटुरोग विशेषज्ञ

काठमाडौँ,१३ असोज । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताउनु भएको छ।

किन धकेलियो कांग्रेसको महाधिवेशन?

काठमाडौं ,१३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा