मृत्यु

पाथीभरा दर्शनका क्रममा ढलेर इटहरीका तीर्थयात्रीको मृत्यु

 

 

ताप्लेजुङ —ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गर्न पुगेका सुनसरीको इटहरीका तीर्थयात्रीको ज्यान गएको छ ।

इटहरी नगरपालिका–९ का ६० वर्षीय खिनबहादुर ढुङ्गाना मन्दिर दर्शन गर्ने क्रममा अचानक बेहोस भएका थिए ।

बेहोस बनेका उनलाई तत्काल प्राथमिक उपचार केन्द्र फेदीका स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार गरेपश्चात् जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा जिल्ला अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान प्रहरीको छ । ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित दर्शनका लागि सोमबार बिहान मन्दिर पुगेका थिए । उनी दर्शनका क्रममा अचानक ढलेका थिए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिज्ञ भन्छन : संसदमा प्रधानमन्त्रीले झुट बोल्नु भयो , नेपालले भारतको सिमाना मिचेको छैन

काठमाडौँ ,१७ जेठ । प्रधानमन्त्रीले हालै संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले देशको राजनीतिक वृत्त र कूटनीतिक क्षेत्रमा ठूलो बहस सिर्जना

सुकुम्बासी व्यवस्थापन र सहकारीको रकम फिर्तामा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको बताउनु भएको छ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताउनु भयो । आइतबार सांसद महाविर पुनले

सीमा विवादबारे प्रधानमन्त्रीको टिप्पणीमा संसदमा प्रश्न

काठमाडौं,१७ जेठ । नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गर्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि

संसदलाई मर्यादित र प्रभावकारी बनाउन पुनको आग्रह

काठमाडौं,१७ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताउनु भएको

’संसद जनताको आवाज सुन्ने र नतिजा दिने थलो हुनुपर्छःसांसद राई

काठमाडौं,१७ जेठ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्ने आवश्यकता औंल्याउनु