यातायात सेवा प्रभावित हुने, एक हप्ता कार्यालय नआउन विभागको आग्रह

काठमान्डौं, ४ साउन । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई एक हप्तासम्म अत्यावश्यक कामबाहेक कार्यालय नआउन आग्रह गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको विभागले आज सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित प्रणाली सुधार, डाटा स्थानान्तरण तथा नयाँ करका दरहरू प्रविष्टि र मिलानको काम भइरहेको जनाएको हो।
विभागका अनुसार यातायातसम्बन्धी विभिन्न प्रणालीलाई थप सेवाग्राहीमैत्री र व्यवस्थित बनाउन प्राविधिक सुधारको काम भइरहेको छ। प्रदेश सरकारबाट निर्धारण गरिएका नयाँ करका दररेट प्रणालीमा अद्यावधिक गर्नुपर्ने भएकाले केही समय लाग्ने बताइएको छ।

विभागले जारी गरेको सूचनामा उक्त काम पूर्ण रूपमा कार्यान्वयन हुन करिब एक हप्ता समय लाग्ने उल्लेख गर्दै अत्यावश्यक कामबाहेक यातायातसम्बन्धी सेवा लिन कार्यालय नआउन अनुरोध गरिएको छ।
विभागले सेवाग्राहीलाई २०८३ साल साउन ८ गतेपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रणाली सुधारका कारण केही समय सेवा प्रभावित भए पनि दीर्घकालीन रूपमा यातायात सेवा सहज, छिटो र व्यवस्थित बनाउने उद्देश्य रहेको विभागले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी