कोशीको बहाव २४ घण्टामा १ लाख ७ हजार क्युसेकभन्दा बढी घट्यो

पानीको अवस्था अहिले स्थिर अर्थात् ठीक ठाक रहेको जनाइएको छ।

सुनसरी, ११ असोज । सप्तकोशी नदीमा पछिल्लो २४ घण्टायता पानीको बहाव निरन्तर घटिरहेको छ। कोशी ब्यारेजमा २४ घण्टा अघिको तुलनामा अहिले पानीको बहाव १ लाख ७ हजार ७१० क्युसेकले घटेको छ।

 

उपलब्ध पछिल्लो विवरणअनुसार आज दिउँसो ४ बजेर १५ मिनेटमा कोशी ब्यारेजमा पानीको बहाव २ लाख ९ हजार ८५ क्युसेक मापन भएको छ। पानीको अवस्था अहिले स्थिर अर्थात् ठीक ठाक रहेको जनाइएको छ। ब्यारेजका २५ वटा ढोका खुला छन् र जोखिमको अवस्था भने खतरामै रहेको छ।

 

यसअघि आज बिहान ९ बजे पानीको बहाव २ लाख २३ हजार ३५० क्युसेक थियो। अर्थात् पछिल्लो ७ घण्टामा मात्रै बहाव १४ हजार २६५ क्युसेकले घटेको छ। बिहानको अपडेटमा पानीको वहाव घट्दो रहेको थियो भने अहिले ठीक ठाक देखिएको छ।

 

त्यसको २४ घण्टा अघिको अवस्था भने निकै फरक थियो। त्यसबेला कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको थियो। पानीको प्रवृत्ति बढ्दो अर्थात्  र अवस्था अत्यन्त जोखिमपूर्ण थियो। त्यतिबेला ब्यारेजका ४३ वटा ढोका खोलिएका थिए।

 

यसरी हेर्दा २४ घण्टामा कोशीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेकबाट घटेर २ लाख ९ हजार ८५ क्युसेकमा आइपुगेको हो। अर्थात् कुल बहावमा करिब ३४ प्रतिशत कमी आएको छ। ढोका खोलिएको संख्या पनि ४३ बाट घटेर २५ मा आएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी