सडक सुरक्षा साझा दायित्व हो : आईजीपी कार्की

काठमाडौं ,८ साउन। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताउनु भएको छ।

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५।५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले आन्दोलनका क्रममा भवन र स्रोत–साधन खरानी हुँदा पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गर्नु भयो।

उहाँले भन्नु भयो, ‘आन्दोलनको क्रममा ट्राफिक एफएमका स्रोत–साधन र भवन खरानी भएको अवस्थाको बाबजुद पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणसँगै नयाँ ऊर्जाका साथ अझ दृढ भएर नागरिकप्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै प्रसारण यात्रालाई निरन्तरता दियो। यसलाई अवरुद्ध हुन दिएन।’

आईजीपी कार्कीले सडक सुरक्षालाई प्रहरीको मात्र जिम्मेवारीका रूपमा बुझ्ने सोच विकास हुन नहुने बताउनु भयो।

उहाँले भन्न्ुा भयो, ‘सडक सुरक्षा मूलभूत रूपमा प्रहरीहरूले मात्र गर्ने होला भन्ने भाष्य विकास नहोस् भन्न चाहन्छु। अरू सबै मुलुकमा सडक सुरक्षा हामी सबैको दायित्व हो। हाम्रोमा पनि त्यही हो। विभिन्न तहका सरकार, सम्बन्धित निकाय, सूचनाको प्रवाह गर्ने सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिक समाजको साझा दायित्वका रूपमा बुझ्दा सडक सुरक्षित हुन्छ र हामी सबै सुरक्षित हुन्छौं। अन्ततः हामीले चाहेको पनि त्यही नै हो। त्यसका लागि सरोकारवाला निकायसँग परस्पर सहकार्य र समन्वय निरन्तर हुनु अपरिहार्य हुन्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी