कर्मचारीलाई तलब चाँडै दिलाउने आश्वासन

चार वर्षसम्म तलब नपाएपछि   जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी

 

 

 

 

ओखलढुङ्गा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी दिएकी छिन् । आफूलाई चार वर्षसम्म तलब नदिएर श्रम शोषण गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध उहाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी हुन् ।

शेर्पा  २०६४ सालदेखि उक्त विद्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन् । सुरुमा एक हजार तलब सुविधा पाउँदै आएकी उनको तलब पछि रु ५००ले वृद्धि भएर मासिक रु एक हजार ५०० पुगेको थियो ।

विद्यालयमा पटक-पटक आफूले पाउनुपर्ने तलबबारे ताकेता गर्दा प्रधानाध्‍यापक होमराज तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले विभिन्न बाहना गर्दै आलटाल गरेर तलब नदिएको उनको गुनासो थियो।

‘चार वर्षसम्म तलब नै नपाए पनि काम गरिरहेँ । पछि आर्थिक समस्याले निकै पिरलेकाले जति तोकता गर्दा पनि प्रधानाध्यापक र अध्यक्षले कुनै चासो नदिएपछि २०७६ साल असार महिनामा जागिर छोडिदिएँ । त्यो बेला नै उजुरी दिने सोचमा थिएँ । उहाँहरु गाउँठाउँकै व्यक्ति भएकाले मुद्दा मामिलाबिना नै तलब दिनुहुन्छ भन्ने लागेको थियो,’ उनले भनिन्, ‘कतै उजुरी गर्नु पर्दैन चाँडै तलव दिलाइदिन्छौ भनेकै कारण यो बेलासम्म कुरेको पनि थिएँ तर जति आग्रह गरे पनि तलव नपाएपछि आखिरमा उजुरी गर्न बाध्य भएकी हुँ।’

शेर्पाले विद्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा यही चैत १३ गते उजुरी दर्ता गराएकी थिइन् ।

यता, कार्यालय सहयोगी शेर्पाको तलबको विषयमा आफू जिम्मेवार नहुने प्रधानाध्‍यापक होमराज तामाङले बताए । यो विषय विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीभित्र पर्ने उनले प्रतिक्रिया दिए। ‘समितिका अध्यक्षले आफै तलब दिलाउँछु भनेर कार्यालय सहयोगीको रुपमा उनलाई राखेका हुन् । प्रायः आर्थिक कारोबार पनि उनले नै गर्छन् । कार्यालय सहयोगीलाई तलब दिने कुरा पनि उनकै जिम्मेवारी भएकाले यसबारे म धेरै बोल्दिन ।’ प्रधानाध्यापक तामाङले भने।

अध्यक्ष शेर्पाले भने प्रधानाध्यापक तामाङले आफूलाई जानकारी नै नदिई बैंकबाट रकम निकासा गर्ने गरेकाले यो समस्या भएको बताए । प्रधानाध्यापकले आर्थिक हिनामिना गरेकाले लामो समयसम्म कार्यालय सहयोगीलाई समेत तलब दिलाउन नसकिएको स्वीकार गर्दै उनले भने, ‘प्रधानाध्यापकले मनोमानी ढङ्गले बैंकबाट पैसा निकालेकाले कार्यालय सहयोगी शेर्पालाई तलब दिलाउने विषयमा पहिल्यैदेखि नै विवाद हुँदै आएको थियो।’

‘शेर्पाले पनि जागिर छाडेपछि तलब दिलाउन झनै समस्या भयो । अध्यक्ष शेर्पाले भने, ‘हामीविरुद्ध मुद्दा नै परिसकेछ अब केही सरसल्लाह गरेर टुङ्गोमा पुग्छौँ ।’ प्रधानाध्यापकसँग राम्रो बोलचालसमेत नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएको उनको भनाइ थियो ।

उक्त गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा अनियमितता भएको गुनासो आएपछि स्पष्टीकरण सोधेको छ । कर्मचारीले तलब नपाएको र प्रधानाध्यापक र अध्यक्षबीच विवाद भएको विषयमा प्रधानाध्यापकलाई स्पष्टिकरण सोधिएको शिक्षा शाखाका निमित्त प्रमुख बुद्धिराज मुलिचाले बताए ।

जिल्ला प्रशासन कार्यालयले भने उजुरी परेको र यो विषय छानबिनकै क्रममा रहेको जनाएको छ । उजुरीमाथि छानबिन सुरु भएको बताउँदै प्रमुख जिल्लाअधिकारी दिलकुमार तामाङले भने, ‘चार वर्षसम्म तलब नपाउँदा पनि उहाँले किन उजुरी दिनुभएन ? यो अलि असामान्य विषय भएकाले हामी छानबिन गर्छौ ।’

प्रजिअ तामाङले भने, ‘सम्बन्धित पक्षलाई झिकाएर छलफल गरी कार्यालय सहयोगी शेर्पा आर्थिक शोषणमै परेको पुष्टि भए दोषीउपर कारबाही र पीडितलाई न्याय दिलाउँछौं।’ कुनै बहानामा श्रम शोषण गर्न नमिल्ने उनको भनाइ थियो ।

पीडित शेर्पाले प्रधानाध्यापक र अध्यक्षले पाउने जति सबै तलब चाँडै दिलाउने आश्वासन दिएकै कारण उजुरी दिन ढिलाइ भएको बताइन् ।

गत भदौ ३१ गते रामेछापको मन्थलीस्थित कुनौरीमा भएको बोलेरो दुर्घटनामा श्रीमान्लाई गुमाएपछि उहनलाई थप आर्थिक संकट झेल्नुपरेको थियो । बालबालिकाको शिक्षादिक्षामा सहयोग पुग्ने भएकाले आफूले पाउनुपर्ने तलबबापतको रकम माग गरेको शेर्पाको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,