बोलबम यात्राका क्रममा दुई पक्षीय झडप : सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज (नयाँ हटिया) क्षेत्रमा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित थप २४ जना घाइते भएका छन्।

प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुनसरीका ५ प्रमुख बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरी नेपाली सेनासमेत परिचालन गरेको छ।

प्रहरीका अनुसार साउने सोमबारका अवसरमा साउन १० गते आइतबार राति साढे १० बजेतिर बोलबमका श्रद्धालुहरू सप्तकोशीबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए।

सोही क्रममा अर्को समुदायका व्यक्तिहरूले रातिको समयमा चर्को आवाजमा डिजे नबजाउन आग्रह गरेपछि विवाद सुरु भएको थियो। सामान्य भनाभन र ठेलाठेलबाट सुरु भएको विवादले उग्र रूप लिँदै दुवै पक्षबाट लाठी, बाँस, ढुंगा, चिर्पट र भालाजस्ता घरेलु हतियार प्रयोग गरी झडप भएको थियो।

झडपका क्रममा कप्तानगञ्ज बजारका घर, औषधालय (मेडिकल), सवारी साधन तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानी विधेयकले पायो गति

काठमाठौं ,११ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने

बोलबम यात्राका क्रममा दुई पक्षीय झडप : सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज (नयाँ हटिया) क्षेत्रमा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको

प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न सरकार विभागको चेतावनी

काठमाडौं,११ साउन । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले

नेपालको पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्गले नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

काठमाडौं,११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन समारोहमा बोल्दै उक्त सुरुङ नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

काठमाडौं,११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने शिक्षामन्त्रीको प्रतिबद्धता

जनकपुर,११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिनु भएको छ । सोमबार