कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।

कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डमा रहेका यस्ता अवैध केन्द्रबाट पछिल्लो समय ८६० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार गरिएकामध्ये ७३३ जना कम्बोडिया, ११३ जना म्यानमार, ८ जना लाओस र ६ जना थाइल्यान्डबाट ल्याइएको बताइएको छ।

तर उद्धार प्रक्रिया पूरा भएका केही नेपालीसमेत स्वदेश फर्किन अनिच्छुक देखिएपछि मन्त्रालयले परिवार र आफन्तलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले कम्बोडियालगायतका देशमा नेपाली पठाउने गैरकानुनी काममा संलग्न व्यक्ति वा गिरोहबारे वास्तविक विवरणसहित नेपाल प्रहरी तथा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेको छ।
मन्त्रालयले जेलबाट छुटाइदिने, पैसा लिएर समस्या समाधान गरिदिने भन्दै ठगी गर्ने व्यक्तिबाट सावधान रहन पनि सचेत गराएको छ। यस्ता विषयमा आधिकारिक निकायबाट मात्र कानुनी सहायता र जानकारी लिन आग्रह गरिएको छ।

हाल कम्बोडियामा मात्रै ४९ जना नेपाली जेलमा रहेको र उनीहरूको कानुनी सहायता तथा उद्धारका लागि नेपाली दूतावासमार्फत समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर फसाउने गिरोह सक्रिय रहेकाले विदेश जानुअघि रोजगारदाता, कामको प्रकृति र कानुनी प्रक्रियाबारे राम्रोसँग बुझ्न आवश्यक देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी