अख्तियारको फन्दामा भक्तपुरका इन्जिनियर

भक्तपुर ,१३ साउन । सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा चौधरीको २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

अख्तियारले चौधरी सेवामा प्रवेश गरेको २०६५ साल पुस ११ गतेदेखि २०८२ साल असार २९ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार बनाएको थियो।
अनुसन्धानबाट चौधरी र उनको परिवारको वैध आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा देखिएको छ। यसमा तलब, जग्गा बिक्री, श्रीमतीको आम्दानी, बैंक कर्जा, घरबहाल, बैंक ब्याज, पेन्सन र कृषि आयलगायतका स्रोत समावेश छन्।

तर सोही अवधिमा उनीहरूको कुल खर्च तथा लगानी भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा पुगेको अख्तियारको दाबी छ।

अनुसन्धानका क्रममा जग्गा, घर, सवारी साधन, ट्र्याक्टर, सुन, फर्निचर, सेयर खरिद, छोराछोरीको पढाइ, बिमा शुल्क तथा बैंकिङ खर्चमा ठूलो रकम खर्च भएको देखिएको छ।
आम्दानी र खर्चको तुलना गर्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको निष्कर्ष छ।

गैरकानुनी सम्पत्ति परिवारका सदस्यको नाममा समेत राखिएको भन्दै अख्तियारले इन्जिनियर चौधरी र उनकी श्रीमती अर्पना कुमारीलाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि बिगो असुल गरी कानुनबमोजिम सजायको माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरमा पक्राउ

काठमान्डौं, १३ साउन । प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई

बाघ संरक्षणसँगै द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

काठमाडौं ,१३ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ ।

चिकित्सक आक्रमणको विरोधमा देशभर ओपिडी ठप्प

काठमाडौं,१३ साउन । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि

कोशी सरकारद्वारा देवानगञ्ज घटनाका पीडितलाई राहत र ८ बुँदे निर्णय

विराटनगर,१३ साउन । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजनी भएका परिवार तथा

सुनसरी घटना ‘स्थानीय जनप्रतिनिधि सकारात्मक बने अवस्था सहज हुन सक्छ’

इनरुवा, साउन १३ —सुनसरीको देवानगञ्ज गाउँपालिका बुधबार शान्त देखिएको छ। स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन कफ्र्युका कारण बजार, सडक तथा सार्वजनिक स्थल सुनसान बनेका छन्।

नेपाल रेमिट्यान्समा मात्र निर्भर हुने कि ? आर्थिक परिवर्तनको नयाँ अध्याय सुरु गर्ने?

काठमान्डौं, १३ साउन । नेपाल आज आर्थिक रूपान्तरणको महत्वपूर्ण मोडमा उभिएको छ। हिमाल, पानी, उर्वर भूमि, सांस्कृतिक सम्पदा र सबैभन्दा ठूलो शक्ति—युवा जनशक्ति हुँदाहुँदै पनि