मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विगतमा प्रशासनिक आवश्यकता, भवनको उपलब्धता तथा संरचनागत व्यवस्थापनलगायतका कारण परराष्ट्र मन्त्रालय विभिन्न भवनमा स्थानान्तरण हुँदै आएको भए पनि स्थानान्तरणका क्रममा रहेका ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेजको संरक्षणमा विशेष ध्यान दिइएको बताए।

उनले नेपाल सरकार पक्ष रहेको सन्धि तथा सम्झौताको संरक्षण र व्यवस्थापनका विषयमा प्रचलित कानुनले स्पष्ट व्यवस्था गरेको उल्लेख गरे।

‘नेपाल सरकार पक्ष रहेको सन्धिको संरक्षण र व्यवस्थापन सम्बन्धमा प्रचलित कानुनको स्पष्ट व्यवस्था छ,’ मन्त्री खनालले भने, ‘नेपाल सन्धि ऐन, २०४७ बमोजिम परराष्ट्र मन्त्रालयले नेपाल सरकारको तर्फबाट सन्धि, वार्ता, कूटनीतिक सम्पर्क र अन्तर्राष्ट्रिय तहमा सन्धिसम्बन्धी कार्यहरू सम्पादन गर्दछ।’

उनका अनुसार नेपाल सरकार कार्यविभाजन नियमावलीबमोजिम सन्धि–सम्झौता तथा तिनको अभिलेखसम्बन्धी कार्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्रमा पर्दै आएको छ।

त्यस्तै, अभिलेख संरक्षण ऐन, २०४६ बमोजिम राष्ट्रिय महत्त्वका ऐतिहासिक दस्तावेजको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय अभिलेखालयलाई दिइएको उनले बताए। सम्बन्धित कार्यालयले नेपाल पक्ष भएको सन्धि–सम्झौताका प्रमाणित प्रति राष्ट्रिय अभिलेखालयमा पठाउने व्यवस्था रहेको पनि मन्त्री खनालले जानकारी दिए।

मन्त्री खनालले परराष्ट्र मन्त्रालयले नेपाल सरकारका ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेजको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनका अनुसार परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनका आधारमा छुट्टै अभिलेख व्यवस्थापन शाखासमेत गठन गरिएको छ। उक्त शाखामार्फत अभिलेख संरक्षणसम्बन्धी काम अघि बढाइएको उनले जानकारी दिए।

‘अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको छ,’ उनले भने।

मन्त्री खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया अघि बढिसकेको पनि प्रतिनिधिसभालाई जानकारी गराए।

हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको उनले बताए। भवनको आर्किटेक्चरल ड्रइङ तथा इन्जिनियरिङ वक्र्सका लागि परामर्शदाता छनोट भइसकेको र परामर्शदाताले भवनको प्रारम्भिक आर्किटेक्चरल ड्रइङ डिजाइन तयार गरिसकेको उनले जानकारी दिए।

भवनको आर्किटेक्चरल ड्रइङ डिजाइनबारे मन्त्रालयमा छलफल भइरहेको र स्वीकृतिको चरणमा रहेको मन्त्री खनालले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८३÷८४ मा परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको छ।

‘सबै प्रक्रिया पूरा गरिसकेपछि भवन निर्माणको कार्यका लागि बोलपत्र आह्वान गरी निर्माण प्रारम्भ गरिनेछ,’ मन्त्री खनालले भने।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका होटल व्यवसायीले किन भेटे प्रहरीको टिमलाई?

दमक । २४ साउन । दमकका होटल व्यवसायीले प्रहरीको टिमलाई बोलाएर गम्भीर छलफल गरेका छन्। दमकमा बढ्दो लागुऔषधको प्रयोग, होटलमा हुन सक्ने गैरकानुनी गतिविधि, विद्यार्थीको

मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्। सोमबार बसेको

विराटनगर जुट मिल फेरि सञ्चालन गर्ने तयारीमा

विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न

चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट

मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।