अनुसन्धान जारी

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु, ९ घाइते

काठमाडौं,२ भदौ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन। क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना सुरक्षा गार्ड र दुई जना विद्यार्थी रहेका छन् । मृतकमध्ये एक जना घटनामा संलग्न भएको आशंका गरिएको गोली चलाउने विद्यार्थी रहेको बताइएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन ।

 

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति हाइस्कुलका चौथो वर्षमा अध्ययनरत पुरुष विद्यार्थी हुन् । उनका बुबा जाम्बोआंगा सिटी कस्टम्स कार्यालयमा कार्यरत रहेको बताइएको छ । प्रहरीले उनले क्याम्पसमा पेस्तोल र राइफल कसरी प्रवेश गराउन सके भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।फिलिपिन्सको शिक्षा विभागले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित विद्यार्थी, परिवार, विद्यालयका कर्मचारी तथा सम्बन्धित अधिकारीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । विभागले घटनाबाट प्रभावितलाई मनोवैज्ञानिक प्राथमिक सहायता तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन मानसिक स्वास्थ्यसम्बन्धी साझेदार संस्थासँग समन्वय भइरहेको जनाएको छ ।

 

घटनासँग सम्बन्धित अपुष्ट सूचना फैलाउन तथा संवेदनशील तस्बिर, भिडियो वा विवरण सार्वजनिक नगर्न पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । घटनामा नाबालिग विद्यार्थीसमेत संलग्न भएकाले उनीहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरिएको हो ।विश्वविद्यालयले सामाजिक सञ्जालमार्फत ग्रेड स्कुलका विद्यार्थीहरू आफ्ना कक्षा शिक्षकसँग सुरक्षित रहेको र सबैको अवस्था यकिन गरिएको जनाएको छ । विश्वविद्यालयले सिनियर हाईस्कुलका कक्षा स्थगित गरेको छ भने जुनियर हाईस्कुल विभागको अवस्था नियन्त्रणमा रहेको जनाएको छ ।

 

फिलिपिन्स राष्ट्रिय प्रहरी (पीएनपी) का प्रमुख जनरल जोसे मेलेंसियो नार्तातेज जुनियरले विद्यालय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनु भएको छ।प्रहरीले अवस्था नियन्त्रणमा आइसकेको जनाएको छ । अभिभावक तथा संरक्षकलाई शान्त रहन र आफ्ना बालबालिका लिन विद्यालयले तोकेको समय तथा व्यवस्थाको पालना गर्न आग्रह गरिएको छ । प्रहरीले घटनाको सम्पूर्ण परिस्थिति र विद्यार्थीले क्याम्पसमा हतियार कसरी ल्याए भन्ने विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय